संरक्षित अतिक्रमण हटाउन सकस

संरक्षित अतिक्रमण हटाउन सकस

गुलरिया : नेपालकै र्दुलभ एवम् लोपोन्मुख बन्यजन्तु कृष्णसारको वासस्थान क्षेत्रमा भएको अतिक्रमण हटाउन नसक्दा कृष्णसार संकटमा परेका छन् । यो वन्यजन्तु ऐन २०२९ ले संरक्षित वन्यजन्तुको सुचिमा सुचिकृत क्षेत्र हो ।

बन विभागमा पटक पटक पहल गर्दापनि पुर्नस्थापनको लागि केन्द्रले कुनैचाँसो नदिँदा संरक्षण कार्यालयलाई हम्मेहम्मे परेको संरक्षण कार्यालयले जनाएको छ । अतिक्रमित संरक्षणक्षेत्रको वस्ती पुर्नस्थापन हुन नसक्दा कृष्णसार संरक्षणमा समस्या परेको कृष्णसार संरक्षण क्षेत्र कार्यालय खैरापुरका प्रमुख पुरुषोत्तम शर्मा वताउँछन् । ‘लामो समय देखि वसोवास गर्दै आएका सुकुम्वासीहरुको वसोवासका कारण उनीहरु आफैपनि पिडित छन् अर्कोतिर संरक्षित वन्यजन्तुको वासस्थान पनि विनास भैरहेको छ, उनले भने ।       

अव्यवस्थित वस्तीका कारण संरक्षण र व्यवस्थापनको काम दुवैमा कठिनाई परेको छ । संरक्षण क्षेत्रको कोरएरीयामा वस्ती वस्दा धेरै ठाउँमा खुला नाकाहरु छन् । मानिसहरु आवत जावत गर्दा व्यवस्थापनलाई कठिनाई पर्छ । १ सय ४२ घरधुरीका भुमिहिनहरुलाई पुर्नस्थापन गर्नुपर्ने चुनौती कायमै रहेको वताउँदै उनले मानविय वसोवासका कारण घरपालुवा वस्तुभाउ र कुकुरहरु संरक्षण क्षेत्रमा आउँदा कृष्णसार संरक्षणमा चुनौती थपिएको बताए ।

वस्ती व्यवस्थापनका लागि धेरै पटक पहल गर्दा पनि समस्या समाधान भएन । कृष्णसार संरक्षणक्षेत्र ब्यवस्थापन समितिले वैशाख महिनामा कृष्णसार संरक्षण क्षेत्रको भ्रमणमा आएका मन्त्री शक्ति वस्नेतलाई वस्ती व्यवस्थापनका लागि ज्ञापन पत्र वुझाएपनि कुनै सुनुवाई नभएको गुनासो समितिको छ । संरक्षण क्षेत्रको अतिक्रमणले कृष्णसार मात्र होईन त्यहाँ वसोवास गर्ने भुमिहिनहरु पनि पिडित छन् ।

‘पुर्खाहरु कृष्णसार क्षेत्रकै वासस्थानमा मरे छोराछोरी पनि कृष्णसारसँगै हुर्के अब आफूहरु पनि यहि मर्ने त होला’, गुलरिया नगरपालिका वार्ड नम्वर २ खैरापुर स्थित कृष्णसार संरक्षण क्षेत्रको तारवार भित्र वस्दै आएकी गोमा र्भुर्तेलले भनिन । उनले लामो समय देखि सासु ससुराले समेत कृष्णसार संरक्षणक्षेत्रको जग्गामा जीवन गुजारेको र आफूहरु पनि पुर्नस्थापन हुन नसकेको वताईन् ।

‘सरकारले पुर्नस्थापन गर्छ भन्ने कुरा सुनिन्छ तर कहिल्यै पुर्नस्थापनको पहल हुँदैन, उनले भनिन् । लालपुर्जा नहुँदा स्थायी घर वनाउन नपाएको उनको गुनासो छ । सरकारले चाँडै पुर्नस्थापन गरे संरक्षण क्षेत्र छाडेर अन्यत्रै जाने ईच्छा रहेको उनले बताईन् । धेरै वर्षदेखि पुर्नस्थापन नगर्दा हामी अलमलमा परेका छौं उनले भनिन् ।

कृष्णसार संरक्षण क्षेत्रमा ०२८ र ०३६ साल देखि वस्दै आएका परिवारहरु छन् । संरक्षण क्षेत्रमा लगाएको अन्नवाली कृष्णसारले खाएर सखाफ पार्ने गरेको कल्पना पाण्डेले भनिन । संरक्षण क्षेत्रबाट उन्मुक्ती लिन हामी आतुर छौं तर सरकारको पुर्नस्थापन गर्ने कुनै चालचुल छैन । खेतवारीमा लगाएको अन्नवाली कृष्णसारले खान्छ कुनै क्षतीपूर्ति पनि पाउँदैनौ । जतिसक्यो चाँडो आफूहरुलाई पुर्नस्थापन गर्न उनले माग गरिन् ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.