ललितपुरमा काष्ठ उद्योग डुब्यो

ललितपुरमा काष्ठ उद्योग डुब्यो

ललितपुर : ललितपुरमा काष्ठ उद्योग डुबेको छ । ठूलो वर्षातका कारण पानी बग्न नसकेपछि भैरवदास काष्ठ उद्योग डुबेको हो ।  उक्त उद्योगमा दुई परिवार बस्दै आएका थिए । उनीहरु राति तीन बजेपछि सुत्न पाएका छैनन् । वर्षातका कारण राति तीनबजेदेखि जाग्राम बस्नुपरेको कृष्णकुमार श्रेष्ठले जानकारी दिए । ललितपुर महानगरपालिका–१५ अवस्थित धोलाटीदेखि चापागाउँसम्मको बाटोमा ढल निकास नभएका कारण पानी बस्तीसम्म पुगेको स्थानीवासीले बताएका छन् । बाटोमा हिड्नसमेत समस्या भएको छ । समयमै बाटो नबन्दा समस्या आएको भन्दै स्थानीय ओक्रोशित भएका  छन् । 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.