पानी छुँदा यातना खेपेकी बुद्धमाया उपचारका लागि काठमाडौंमा

पानी छुँदा यातना खेपेकी बुद्धमाया उपचारका लागि काठमाडौंमा

बर्दिबास : छुवाछुत र जातीय विभेदकोशिकार भएकी महोत्तरीको बर्दिबास—४ भब्सीकी दलित महिला बुद्धमाया विश्वकर्माको थप उपचारको लागि काठमाडौं लगिएको छ। अदालतले न्याय दिए पनि समाजले पीडकको पक्ष लिएर   दवाब दिएपछि उनले बिष सेवन गरेर आत्महत्या प्रयास गरेकी थिइन्।

दवाब सहन नसकेर बिष सेवन गरेर आत्महत्याको प्रयास गरेकी बुद्धमायाको मुटु र आन्द्रामा समस्या देखिएपछि उनलाई शनिबार थप उपचारको लागि काठमाडौं लगिएको हो। बिष सेवनपछि बेहोस भएपछि उनलाई बुधबार बर्दिबासस्थित शुभ स्वस्तिक हस्पिटलमा भर्ना गरिएको थियो।

बर्दिबास नगरपालिकाका मेयर विदुरकुमार कार्कीले नगरको तर्फबाट एम्बुलेन्स उपलब्ध गराएर उनलाई थप उपचारको लागि काठमाडौं पठाएका छन्। आर्थिक अभावले उपचारमा समस्या भइरहेको छ।

‘बिष सेवनको उपचार पुरा भइसको छ,’उपचारमा संलग्न डाक्टर अभिनास यादवले भने, ‘मुटु र आन्द्रामा पोल्ने असर देखिएको छ।’ पानी छुँदा कुटपीटको सिकार भएर अस्वस्थ भएकी उनले न्याय पाएपनि समाजले पुनः पीडा दिएपछि आत्महत्या प्रयास गरेकी थिइन्।

पानी छोएको भन्दै बुद्धमाया र उनकी छोरी मनीषामाथि दुर्व्यवहार तथा कुटपिट गर्नेलाई जिल्ला अदालत महोत्तरीले असार २४ गते ६ महिनासम्म कैद, जरिवाना र ५० हजार रुपैयाँ क्षतिपूर्ति दिने निर्णय सुनाएपछि सामाजिक बहिष्करणका कारण उनले आत्महत्याको कोसिस गरेकी थिइन्।

पानी छोएको निहुँमा वैशाख १५ गते साँझ छिमेकी कमला गिरी र उनका भन्जा रामबाबु दाहालले बुद्धमाया र छोरी मनीषालाई गाली–बेइज्जत गर्दै कुटपिट गरेका थिए। जातीय भेदभाव तथा छुवाछुत कसुर र सजाय ऐन २०६८ को दफा ३ बमोजिमको र दफा ४(३) बमोजिमको कसुर गरेको ठहर गर्दै पीडक कमला गिरी र रामबाबु दाहाललाई न्यायाधीश डण्डपाणि शर्माको इजलासले १० हजार रुपैयाँ जरिवाना र ५० हजार रुपैयाँ क्षतिपूर्तिसहित जेल सजायको फैसला असार २४ गते सुनाएको थियो। कुटपिटका मुख्य अभियुक्त गिरीलाई ६ महिना सजाय तोकिएको छ भने दाहाललाई ३ महिना कैद सजाय सुनाइएको छ।

जातीय विभेदको शिकार बनेकी बुद्धमाया।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.