गाउँको समूहमा २ करोड बचत

गाउँको समूहमा २ करोड बचत

बेसीसहर : गाउँ गाउँमा गठन भएका सामाजिक परिवार समूहले २ करोड रुपैयाँ बचत संकलन गरेको छ । समुदायमा सचेतना फैलाउने उद्देश्यले गठित समूहका सदस्यले २ दशकको अवधिमा २ करोड रुपैयाँ बचत संकलन गरेका हुन् ।

जिल्लामा क्रियाशील समग्र विकास सेवा केन्द्रले १ सय १३ वटा समाजिक परिवार समूह गठन गरेको छ । ती समूहका सदस्यले मासिक ५ देखि १० रुपैयाँका दरले बचत गरेको रकम अहिले करोडमा परिणत भएको हो ।

परिवारमा हुने गरेको घरायसी तथा छरछिमेकमा हुने झैझगडा मिलाउने, घरेलु हिंसा, लैंगिक हिंसा, जातीय विभेद न्यूनीकरण गर्ने जस्ता उद्देश्यले गाउँ–गाउँमा सामाजिक परिवार गठन गरिएको समग्र विकास केन्द्रका कार्यकारी निर्देशक डोरनाथ न्यौपानेले बताए । सामाजिक परिवारले गाउँघरमा जुवातास, धुमपान, लागुऔषध दुव्र्यसन तथा मदिरासेवन जस्ता गतिविधि विरुद्ध पनि सचेतनामूलक कार्यक्रम गर्ने र कतिपय अवस्थामा दण्ड जरिवाना पनि गर्ने गरेको छ ।

०५३ सालदेखि जिल्लामा क्रियाशील सो संस्थाले सदरमुकाम बेसीसहर लगायत साविकका गाउँसहर, नाल्मा, चण्डीस्थान, खुदी, सिम्पानी, खुदी, भुलभुले, बाँझाखेत, चिती, उदीपुर, बागलुङपानी, भुजुङ लगायतका गाविसमा १ सय १३ वटा सामाजिक परिवार गठन गरी परिचालन गर्दै आएको छ । अधिकारमुखी अवधारणा अनुरुप गठन भएका सामाजिक परिवारहरु मध्ये ५ वटाले गाउँमा वचत तथा ऋण सहकारी संस्था समेत सञ्चालन गरेका समग्र विकास सेवा केन्द्र लमजुङकी संयोजक मीरा भण्डारीले बताइन् ।

ती बाहेक अन्य परिवारसँग न्युनतम ३ लाख देखि २५ लाख रुपैयाँ सम्म बचत गरेको संस्थाका कार्यक्रम अधिकृत अमर अधिकारीले बताए । उनका अनुसार बेसीसहर नगरपालिका–६ चण्डीस्थानस्थित सामाजिक परिवारका महिलाहरुले मात्रै गाउँमा ज्योतिपुञ्ज बचत तथा ऋण सहकारी संस्था सञ्चालन गरेका छन् । सिम्पानीमा कालिकामाई सहकारी, बागलुङपानीको बिम्दाबेसीमा शिवशक्ति सहकारी, हिलेटक्सारमा वनदेवी सहकारी र मस्र्याङ्दी गाउँपालिकाको घनपोखरामा सिर्जनशील सहकारी सामाजिक परिवारले नै सञ्चालन गर्दै आएका छन् । सामाजिक परिवारले मासिक २० देखि १ हजार रुपैयाँ सम्म नियमित बचत संकलन गर्ने गरेका छन् ।

जनजाति, दलित, अल्पसंख्यक समुदाय र त्यसमा पनि महिलालाई प्राथमिकता दिएर गठन गरिएका त्यस्ता परिवारमा महिलाहरुको बाहुल्यता छ । समूहमा बचत गर्न थालेपछि बचत गर्ने बानीको विकास हुनुको साथै दैनिक घर व्यवहार चलाउन र व्यवसाय गर्न समेत सजिलो भएको बेसीसहर पुमागाउँ सामाजिक परिवारकी अध्यक्ष चेतजंग गुरुङले बताए । ‘केटाकेटी पढाउन, घरखर्च चलाउन समूहबाट पैसा निकाल्छौं ।’ पुमागाउँ सामाजिक परिवारकी सदस्य टीकाकाशी विकले भनिन्, ‘घरमा उब्जनी भएको तरकारी, अन्नपात, कुखुरा, बाख्रा बेचबिखन गरेर समूहको पैसा तिर्छौ र बचत गछौं ।’

सामजिक परिवारका सदस्यलाई समुदायसँग सम्बन्धित विषयमा छलफल गराउने, महिला सशक्तीकरण, क्षमता अभिवृद्धि तथा नेतृत्व विकास जस्ता विषयमा प्रशिक्षण गराउने लगायतका गतिविधि गर्दै आएको जिल्ला संयोजक भण्डारीले बताइन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.