‘नेपाल हाम्रो पहिलो गन्तव्य ’

‘नेपाल हाम्रो पहिलो गन्तव्य ’

लखनउ : भारतको उत्तर प्रदेशकी पर्यटन मन्त्री रीताबहुगुणा जोशीले भारतीय नागरिकको पहिले पर्यटकीय गन्तव्य नेपाल भएको बताएकी छन्। भारतको लखनउमा आयोजित ‘चलिए पोखरा–नेपाल’ अभियान कार्यक्रमलाई सम्बोधन गर्दै पर्यटन मन्त्री जोशीले भगवान राम र नेपालको जनकपुरकी सीता माताको वैवाहिक सम्बन्ध अघिदेखि नै नेपाल भारतको सांस्कृतिक, भौगोलिक सम्बन्ध रहेको उल्लेख गर्दै भारतीय जनता नेपाल पुग्नै पर्ने छिमेकी देश भएको बताइन्।

नेपाल, भारत देश र नाम फरक रहे पनि सांस्कृतिक, भौगोलिक, परम्पराका दृष्टिले एउटै रहेको मन्त्री जोशीले सुनाइन्। उत्तर प्रदेशका नागरिकलाई नेपाल जान आग्रह गर्दै पर्यटन मन्त्री जोशीले भनिन् ‘भगवान पशुपतिनाथको दर्शन नगरेसम्म भारतीय नागरिकको कर्म पूरा हुँदैन।’

पोखरा प्राकृतिक दृष्टिकोणले पनि सुन्दर शान्त रहेकाले पोखरा घुम्न जान उनले उत्तर प्रदेशका नागरिकलाई आग्रह गरिन्। आफ्नो विदेश यात्रा पनि नेपालको काठमाडौंबाटै सुरु भएको सुनाउँदै पर्यटन मन्त्री जोशीले सिंगापुर, थाइल्यान्ड, माल्दिभ्सभन्दा पनि नेपाल भारतीय पर्यटकका लागि उत्कृष्ट गन्तव्य भएको सुनाइन्।

नेपाल र भारतको सम्बन्धलाई रामायण, महाभारत, कृष्ण र बुद्ध सर्किटले जोडेको बताउँदै मन्त्री जोशीले धार्मिक दृष्टिकोणले नेपाल भारतीय नागरिकको पहिलो गन्तव्य भएको बताइन्। विश्वकै उच्च हिमाल सगरमाथा लगायत हिमशृंखलाका कारण पनि नेपाल विश्व पर्यटन बजारमा उत्कृष्ट गन्तव्य भएको उनले बताइन्। ‘नेपाल र भारतको पर्यटन विकासका लागि दुबै देशमा आउने विदेशी पर्यटकलाई एक अर्काका देशमा पठाउनुको साथै घुम्न आउन नागरिक स्तरमा पहल गर्नुपर्छ’, उनले भनिन्।

वाराणसीमा नेपाली धार्मिक पर्यटक नआइ नहुने गन्तव्य र पशुपतिनाथमा भारतीय पर्यटक नपुगेसम्म भारतीय नागरिकको कर्म पूरा नहुने भएकाले पनि दुई देशको सांस्कृतिक सम्बन्धले अझ मजबुत रहेको छ। उत्तर प्रदेश सरकार नेपालको पर्यटन विकासका लागि हरतरहले सघाउने पर्यटनमन्त्रीले बताइन्। आफ्नो विदेश यात्रा नेपालको काठमाडांैबाट सुरु भएको सुनाउँदै मन्त्री जोशीले विदेश यात्राको सुरुवात नेपालबाटै गर्न उत्तर प्रदेशका नागरिकलाई आग्रह गरिन्।


नेपाल र भारतको सम्बन्धलाई रामायण, महाभारत, कृष्ण र बुद्ध सर्किटले जोडेको छ।

‘आफ्नो पहिलो भ्रमण नेपालको काठमाडौं र पशुपतिनाथ रहेको र त्यसपछि मात्र अन्य ४० देशको भ्रमण गरेको हुँ’, उनले भनिन्। पर्यटनकै माध्यमबाट रोजगारका अवसर सिर्जना हुन्छ। पर्यटन क्षेत्रमा १० लाख खर्च गर्दा ९० जनाले रोजगार पाउने गरेका छन्। मन्त्री जोशीले आपूm पोखरा भ्रमणमा जान आतुर रहेको बताइन्। भारतका प्रधानमन्त्री जनकपुर र मुक्तिनाथको भ्रमणपछि नेपाल भ्रमणमा जाने भारतीय तीर्थयात्रुको संख्या बढेको उल्लेख गर्दै धार्मिक तीर्थस्थल वाराणसीको भ्रमणमा पनि नेपाली धार्मिक पर्यटकको आगमन बढाएर दुई देशको पर्यटन विकास गर्नु पर्नेमा पर्यटन मन्त्री जोशीले जोड दिइन्। भारतमा आउने पर्यटकलाई नेपाल पठाउन र नेपाल आउने पर्यटकलाई उत्तर प्रदेश पठाएर दुई देशबीच पर्यटन विकासमा लाग्नुपर्ने उनले बताइन्।

उत्तर प्रदेशका यातायात मन्त्री स्वतन्त्र देव सिंहले भारत, नेपालको पर्यटन विकासका लागि दुवै देशको यातायात क्षेत्रका सुधार हुनु पर्नेमा जोड दिए। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपालको जानकी मन्दिर भ्रमणको क्रममा जनकपुर–वनारस बस यात्रा सुरु भएको स्मरण गराउँदै दुवै देशको पर्यटन विकासका लागि पर्यटन मैत्री पूर्वाधार हुनुपर्ने खाँचो आंैल्याए। नेपालको पर्यटन विकासका लागि उत्तर प्रदेश सरकार सहयोगी भूमिका खेल्ने उनले बताए। ‘भारत नेपाल भाइभाइ भएकाले दुबै देशको पर्यटन विकासका लागि उत्तर प्रदेश पोखरा जाने थप बस सञ्चालन गर्न तयार छ’, उनले भने।

अल इन्डिया ट्राभल एन्ड ट्रान्सपोर्ट एसोसियसनका अध्यक्ष इन्द्रजित सिंहले पर्यटनका माध्यमबाट भारतमा ३५ प्रतिशत जीडीपी योगदान मिल्ने बताए। पर्यटनको विकासमा भारत र नेपालका पर्यटन व्यवसायी सहकार्य गरेर अघि बढ्न सके दुबै देशको आर्थिक अवस्थामा मजबुत हुने उनले सुनाए। आयोजक पश्चिमाञ्चल होटल संघ पोखराका अध्यक्ष विकल तुलाचनले विगत ६ वर्षदेखि भारतको विभिन्न सहरमा चलिए पोखरा अभियान सञ्चालन गरेको बताए। भारतमा जुन, जुलाई, अगस्टमा हुने चर्को गर्मी छल्न भारतीय नागरिकलाई पोखरा आउन उनले निमन्त्रण गरे।

नेपाल पर्यटन बोर्ड पोखराका प्रमुख सूर्य थपलियाले भारतको उत्तर प्रदेश सरकारलाई नेपालमा र भारतको पर्यटन विकासका लागि सहकार्य गरेर अघि बढ्नुपर्ने बताए। २० करोड जनसंख्या रहेको उत्तर प्रदेश नेपालको पर्यटन बजारको मुख्य स्रोत भएकाले पनि ‘चलिए पोखरा’ अभियान लिएर उत्तर प्रदेश आएको उनले सुनाए। चलिए पोखरा अभियानकै कारण ६ वर्षदेखि भारतीय पर्यटकको आगमन बढेकाले अभियानलाई निरन्तरता दिइने पोखरा पर्यटन परिषदका उपाध्यक्ष भरतराज पराजुलीले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.