डा. केसीको अवस्था झन् जटिल, दोस्रो वार्ता पनि विफल

डा. केसीको अवस्था झन् जटिल, दोस्रो वार्ता पनि विफल

काठमाडौँः १८ दिनदेखि जुम्लाको खलङ्गामा अनशनरत प्राध्यापक डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था झन् जटिल बन्दै गएको छ । अनशन लम्बिँदै जाँदा केसीको शरीरमा विभिन्न असामान्य किसिमका गतिविधिहरु हुने क्रम बढेकाले जुनसुकै बेला मुटुको चाल बन्द हुन सक्ने चेतावनी चिकित्सकहरुले दिएका छन् । 

मंगलबार बिहान २ बजेसम्मको अपडेट अनुसार केसीलाई छातीमा पीडा भएर श्वास फेर्न गाह्रो भएपछि सहयोगका लागि आग्रह गरेका थिए । त्यसपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको मेडिकल टिमले जाँच गर्दा केसीको शरिरको रगतमा अक्सिजनको मात्रा ६० पाइएको छ । 

त्यसैगरी उनको श्वासप्रश्वासको गति ४० र र मुटुको गति १२० को हाराहारीमा पुगेको थियो । उपचारमा संलग्न डा. धिरज गुरुङका अनुसार  केसीको इसिजीमा एक्टोपिक बिड्सहरु देखिन थालेका छन् । रगतमा इलेक्ट्रोलाइट्स घटबढ हुन थालेपछि मुटुको चालमा परिवर्तन भइ एक्टोपिक बिड्सहरु देखिने गर्छन् । 

यसरी मुटुको चाल पविर्तन हुनु खतराको संकेत भएको उपचारमा संलग्न चिकित्सकहरु बताउँछन् । यस किसिमका चालहरु आइरहेमा बिरामीको मुटु जुनसुकै बेला पनि बन्द हुन सक्छ । 

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका मेडिकल डाइरेक्टर डा कुजन रोकायाका अनुसार डा केसीलाई थप उपचारका लागि उपकरण र औषधिहरु तयारी अवस्थामा राखिएको छ । उनले भने, ‘डा केसीलााई सेप्सिस भएमा वा धड्कन बन्द भएर आईसीयूमा राख्नुपर्ने अवस्था आएमा यहाँ भन्दा सुविधासम्पन्न स्थानमा रिफर गर्नुपर्ने हुनसक्छ ।’ 

दोस्रो वार्ता पनि विफल

यसैबीच मंगलबार भएको दोस्रो चरणको वार्ता पनि विफल भएको छ । सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा सरकारी वार्ता टोली र केसी पक्षबीच भएको र्वाता सहमतिबिना नै टुंगिएको केसी पक्षका वार्ता टोलीका संयोजक डा. अभिषेक सिंहले जानकारी दिए । 

‘दोस्रो चरणको वार्तामा पनि कुरो मिलेन, अर्को वार्ताका लागि कहिले बस्ने भन्ने पनि टुंगो भएन, हामीले दुई चोटी बस्दा सरकारी पक्ष संवेदनशील नदेखिएको पायौँ’, डा. सिंहले भने, ‘सरकारले संसदबाट विधेयक फिर्ता लिन चाहेको पाइएन, प्रधानमन्त्री र शिक्षामन्त्री वार्ताबाट समस्या समाधान गर्न संवदेनशील देखिएनन् ।’ 

सरकारी पक्षले कर्मचारीलाई जुम्ला पठाएर डाक्टर केसीलाई काठमाडौँ ल्याउने र वार्ता अगाडि बढाउने प्रस्ताव आज राखेको थियो । जुन कुरालाई डाक्टर केसीले अस्वीकार गर्दै आएका छन् । 

केसीबाट वार्ता टोली

यसैबीच डाक्टर केसीले सरकारसँगको वार्ताका लागि डा. अभिषेक सिंहलाई वार्ता टोलीको संयोजक तोकेका छन् । वार्ता टोलीको सदस्यमा डा सुरेन्द्र भण्डारी, ओमप्रकाश अर्याल, डा वाईपी सिंह र डा. जीवन क्षेत्रीलाई तोकिएको छ । 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.