प्रदर्शनी तथा बिक्री कक्ष निर्माण गर्ने सरकारको तयारी

प्रदर्शनी तथा बिक्री कक्ष निर्माण गर्ने सरकारको तयारी

काठमाडौं : सरकारले काठमाडौंको बत्तीस पुतलीमा राष्ट्रिय लघु, घरेलु तथा साना उद्योग प्रदर्शनी तथा बिक्री कक्ष निर्माण गर्ने भएको छ । लघु, घरेलु तथा साना उद्योग प्रवर्धन र रोजगारी सिर्जना गर्ने उद्येश्यले सरकारले यस्तो तयारी गरेको हो ।

चालु आर्थिक वर्षबाट काम सुरु गरी तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य रहेको उद्योग मन्त्रालयले जानकारी दिएको छ । विस्तृत अध्ययन प्रतिवदेन (डीपीआर) का लागि १० लाख र भवन निर्माणका लागि दुई करोड लाग्ने अनुमान गरिएको छ । भवनको कुल लागत पचास करोड पुग्ने बताइएको छ ।

छ तल्ले भवनमा विभिन्न बिक्री कक्षहरु, प्रदर्शनी केन्द्र तथा देशभर उत्पादन भएका स्वदेशी वस्तुहरुको संकलन केन्द्र निर्माण गरिने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयकी सचिव यामकुमारी खतिवडाले जानकारी दिइन् । उनले भनिन्, ‘स्वदेशी उत्पादनलाई एउटै छानामुनी प्रदर्शनीमा राखेर प्रवर्धन गर्ने हाम्रो उद्देश्य हो ।’

हाल प्रदर्शनीका लागि उपलब्ध स्थानहरु पर्याप्त नभएकाले यस्तो भवनको परिकल्पना गरिएको उनले बताइन् । चार हजार आठ सय ७३ वर्ग मिटर क्षेत्रफलको जग्गामा एक हजार ९ सय ४९ वर्ग मिटर क्षेत्रफलमा भवन निर्माण हुने बताइएको छ । प्रस्तावित डिजाइन अनुसार चार वटा हल रहने यो भवनमा बेसमेन्ट एउटा रहनेछ ।

निर्माण गरिसकेपछि उक्त भवन सञ्चालनका लागि निजी क्षेत्रलाई भाडामा दिने खतिवडाले जानकारी दिइन् । उनले भनिन्, ‘यो भवन पूर्ण रुपमा सरकारको लगानीमा निर्माण गरिनेछ । त्यसपछि यसलाई चलाउनका लागि निजी क्षेत्रलाई बोलाइन्छ ।’ यो भवनको पे ब्याक परियड १० वर्ष राखिएको छ ।

त्यस्तै धनकुटा र सुर्खेतमा लघु, घरेलु तथा साना उद्योग ग्राम निर्माणाधीन अवस्थामा छ । यसलाई आगमी दुई वर्षभित्र पूर्वाधार निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउने सरकारको योजना छ ।

धनकुटामा बन्ने भनिएको ग्रामका लागि गत वर्ष साढे तीन करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो भने चालु आवमा साढे दुई करोड बजेट विनियोजन गरिएको छ । गत आवमा ११ वटा ब्लक निर्माण भएको उद्योग मन्त्रालयले जानकारी दिएको छ । जम्मा ६१ वटा ब्लक निर्माण गर्ने योजना सरकारको छ ।

सुर्खेतमा ग्राम स्थापनाका लागि यस आर्थिक वर्षमा दुई करोड बजेट विनियोजन गरिएको छ । गत आवमा साढे तीन करोड विनियोजन गरिएको थियो । यसमा जम्मा ४४ ब्लक स्थापना गर्ने सरकारको लक्ष्य छ ।

साना तथा घरेलु उद्योगको बजार प्रवर्धदनका लागि कोशेली घर र सौगात गृह सञ्चालन गर्ने सरकारको योजना छ । त्यस्तै साझा सुविधा वस्तु विकास केन्द्र स्थापना गर्ने योजना रहेको मन्त्रालयले जानकारी दिएको छ ।

सम्पूर्ण निर्माण कार्य स्थानीय तह, प्रदेश सरकार, घरेलु तथा साना उद्योग कार्यालय र प्रशिक्षण केन्द्र मार्फत विद्यमान जनशक्तीबाट विनियोजित बजेको आधिनमा काम गर्ने मन्त्रालयल जानकारी दिएको छ ।

यसबाहेक निजी क्षेत्रका तर्फबाट नेपाल घरेलु तथा साना उद्योग महासंघले लघु तथा साना उद्योग ग्राम स्थापना गर्ने योजना बनाएको छ । अर्काेतर्फ घरेलु तथा साना उद्योग विकास समितिले ‘औद्योगिक ग्राम’ स्थापनाका लागि अध्ययन गर्ने तयारी गरेको छ ।

देशका ९४ स्थानमा औद्योगिक ग्रामको सम्भाव्यता अध्ययन गर्न लागेको समितिका कार्यकारी निर्देशक घनराज पन्तले जानकारी दिए । उनले भने, ‘आफ्ना कार्यालय रहेका ४८ जिल्लामा ‘औद्योगिक ग्राम’ बनाउने नयाँ अवधारणा अगाडि सारिएको छ ।’

समितिले काम गरेका ४८ जिल्लाअन्तर्गत अन्यन्त पिछडिएका र दुर्गम जिल्ला रहेका छन् ।यस्तै औद्योगिक ग्राममा साना तथा घरेलु उद्योग स्थापना तथा सञ्चालनका लागि आवश्यक पर्ने भौतिक पूर्वाधार, पानी, बिजुली, सडकका साथै उद्योगधन्दा स्थापनाका आवश्यक पूर्वाधार विकासको अध्ययन गरिने समितिले जनाएको छ । पन्तले उद्योग मन्त्रालयसँग यसको लागि छलफल भइरहेको समेत जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.