एक वर्षमै ६ लाख विदेशिए !

एक वर्षमै ६ लाख विदेशिए !

काठमाडौं : देशमै रोजगारीको अवसर नपाउँदा गत आर्थिक वर्ष २०७४/०७५ मा ६ लाख भन्दा बढी युवा वैदेशिक रोजगारीका लागि विश्वका विभिन्न देशमा पुगेका छन्।

वैदेशिक रोजगार विभागका अनुसार गत आव २०७५/०७५मा रोजगारीको अवसर खोज्दै ६ लाख १२ हजार ६ सय ८५ युवा  विदेशिएका हुन्।  गत आवमा श्रम स्वीकृति लिँदै रोजगारीका लागि विदेसिएका युवाको संख्या आव २०७३/०७४ को भन्दा कम हो।

आव २०७३/०७४ रोजगारीका लागि विदेसिएका युवाको संख्या ६ लाख ४२ हजार आठ सय ५९ थियो। आव ०७३/७४ को तुलनामा गत आव ०७४/०७५ मा रोजगारीकै लागि विदेश जाने युवाको संख्यामा ३० हजार भन्दा बढीले कमी आएको विभागका प्रवक्ता उद्वव रिजालले जानकारी दिए। आव ०७२/०७३ मा वैदेशिक रोजगारीकै लागि विदेसिएका युवाको संख्या भने ६ लाख ५६ हजार आठ सय ११ थियो।

विभागको तथ्यांक अनुसार सरकारले २०७२ देखि  मलेसिया लगायत खाडीका ६ राष्ट्रमा सुरु गरेको फ्रि भिसा तथा टिकटको निर्णयले  रोजगारीका लागि जाने कामदारमा निरन्तर कमी आएको छ।

विभागमा अनुसार आव ०७४/७५ मा म्यानपावर मार्फत श्रम स्वीकृति लिँदै नयाँ कामको सिलशिलामा वैदेशिक रोजगारीका जाने युवाको संख्या तीन लाख २३ हजार आठ सय ७५ छ ।

यो संख्या आव ७३/०७४ भने भने तीन लाख ५४ हजार पाँच सय ३३ थियो। म्यानपावर मार्फत रोजगारीको खोजिमा विदेश जाने युवको संख्यामा पनि ३० हजार भन्दा बढीले कमी आएको छ।

यसैगरी म्यानपावर मार्फत अन्तिम श्रम स्वीकृति लिएर आव ०७३/०७४मा वैदेशिक रोजगारीका लागि विदेश जाने कामदारको संख्या तीन लाख ८१ हजार नौ सय ४१ थियो। म्यानपावरमार्फत रोजगारी खोज्दै विदेश जाने कामदारको संख्यामा पनि निरन्तर ओरालो लागिरहेको छ।

यस्तैगरी, गत आवमै व्यक्तिगत भिसामार्फत विदेश जाने कामदारको संख्या आठ हजार नौ  सय ६ जना छन्। यसैगरी गत आवमै विभिन्न माध्यममबाट विदेश पुगि वैधानिकरण भएका कामदारको संख्या भने २१ हजार तीन सय रहेको छ।

गत आवमै विदामा नेपाल आई पुन विदेश फर्कने कामदारको संख्या भने दुई लाख २८ हजार ६ सय तीन रहेको विभागले जनाएको छ। यो संख्या पनि आव ०७३/०७४ को भन्दा झन्डै ३१ हजारले कम हो। आव ०७३/०७४ विदामा नेपाल आइ पुनः रोजगारीकै लागि विदेश  जाने कामदारको संख्या दुई लाख ५९ हजार भन्दा बढी थियो।

विभागकै अनुसार गत आव ०७४/०७५ मा नयाँ कामको खोजीमा विदेसिएका युवाको संख्या भने तीन लाख ५४ हजार ८२ जना रहेको छ। यो संख्या आव ०७३/०७४ मा तीन लाख ८३ हजार चार सय ९३ थियो।   


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.