विद्यार्थीलाई हानिएको गोलीले जब प्रहरी नै ढले

विद्यार्थीलाई हानिएको गोलीले जब प्रहरी नै ढले

जुम्लाः कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनशनरत प्राध्यापक डाक्टर गोविन्द केसीलाई काठमाडौँ ल्याउनका लागि पुगेको प्रहरी टोली र त्यहाँ रहेका विद्यार्थीबीच झडप हुँदा एकजना प्रहरी गम्भीर घाइते भएका छन् । 

प्रतिष्ठानको भवन भित्रै बिहीबार मध्यान्ह विद्यार्थीसँग झडपका क्रममा प्रहरीले अश्रुग्यास र गोली चलाएको थियो । विद्यार्थीलाई तितर बितर पार्ने क्रममा प्रहरीले हानेको गोली प्रहरीमाथि नै लाग्न पुगेको थियो । 

त्यही बेला विद्यार्थीलाई हटाउन भिडमा पसेका थिए प्रहरी जवान कमल उपाध्याय । विद्यार्थीहरुलाई तितरबितर पार्ने काममा जुटिरहेका बेला प्रहरीको तर्फबाट गोली हानियो । विद्यार्थीलाई लक्षित गरी हानिएको गोली उपाध्यायको दाहिने छातीमा गएर लाग्यो । 

गोली लागेर ढलेका उनलाई तत्कालै प्रतिष्ठानमै भर्ना गरेर अप्रेशन अघि बढाइएको छ । रगत अभाव भएपछि त्यहाँ उपस्थित पत्रकारदेखि विद्यार्थीसम्मले १० पोइन्ट भन्दा धेरै रगत दिएका छन् । जिल्ला प्रहरी कार्यालयले गोली नचलाएको बताएपनि उपाध्यायको छातीको एक्सरे रिपोर्टमा गोली नै देखिएको छ । त्यही गोली निकाल्ने प्रयासमा प्रतिष्ठानका चिकित्सकहरु जुटेका छन् । 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.