घाइते प्रहरी जवानलाई बोकेर जुम्लाबाट हेलिकोप्टर काठमाडौँतर्फ
जुम्लाः कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको झडपका क्रममा गोली लागेर गम्भीर घाइते भएका प्रहरी जवान कमल उपाध्यायलाई बोकेर हेलिकोप्टर काठमाडौँतर्फ उडेको छ। दाहिने छातीमा गोली लागेर गम्भीर अवस्थामा प्रतिष्ठानमै उपचाररत उपाध्यायको अवस्था गम्भीर बनेपछि काठमाडौँ लैजान नेपाली सेनाको हेलिकोप्टर काठमाडौँतर्फ लागेको हो ।
प्रतिष्ठानको हातामा २० दिनदेखि अनशनरत प्राध्यापक डाक्टर गोविन्द केसीलाई काठमाडौँ लैजान सुरक्षाकर्मीले हस्तक्षेप गरेपछि भएको झडपका क्रममा चलेको गोली उपाध्यायको छातीमा लागेको थियो । प्रज उपाध्यायलाई लिन गृहमन्त्रालयले एउटा निजी कम्पनीको हेलिकोप्टर जुम्ला पठाएको थियो ।
गोली लागेपछि प्रतिष्ठानकै चिकित्सकले उनको अप्रेशन थालेका थिए। उपाध्यायको उपचारका लागि स्थानीय पत्रकार, विद्यार्थी र सर्वसाधरणले रक्तदान पनि गरेका थिए । तर, उनको अवस्था जटिल बन्दै गएपछि हेलिकोप्टरबाट काठमाडौँ लगिएको हो ।
प्रतिक्रिया दिनुहोस !