गुठी संस्थानका कर्मचारी ३५ हजार घुससहित पक्राउ

गुठी संस्थानका कर्मचारी ३५ हजार घुससहित पक्राउ

बर्दिवास : अख्तियारले घुससहित गुठी संस्थान शाखा कार्यालय जलेश्वर महोत्तरीका एक कर्मचारीलाई ३५ हजार घुस लिदैं गर्दा पक्राउ गरेको छ ।गुठी संस्थान कार्यालय जलेश्वरका असुली फाँटका ४५ वर्षीय सहायक कर्मचारी जयकुमार शर्मालाई सेवाग्राहीसँग घुस लिदै गरेको अवस्थामा रंगेहात पक्राउ गरेको अख्यितार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासका प्रहरी उपरीक्षक प्रवीण पोखरेलले जानकारी दिए ।

उनलाई जलेश्वर नगरपालिका–१ स्थित कार्यालयबाटै पक्राउ गरिएको हो ।मठिहानी नगरपालिकाका एक जना किसानले गुठीको आँप बगैंचा ठेक्कामा लिएका थिए । ठेक्का वापत उनले धरौटीमा गुठी संस्थानमा आफ्नो जग्गा राखेका थिए ।

‘उनले गुठी संस्थानलाई ठेक्का वापतको सबै रकम भुक्तान गरिसकेका थिए,’एसपी पोखरेलले अन्नपूर्णसँग भने,‘तर, गुठी संस्थानका कर्मचारी जयकुमारले ३५ हजार घुस दिए मात्र जग्गा फुकुवाको चिठ्ठी दिने भन्दै सेवाग्राहीलाई दुःख दिदै आएका थिए ।’ 

पीडितले घुस मागेको उजुरी बर्दिवासस्थित अख्यिारको कार्यालयमा गरेका थिए । अख्तियारको टोलीले घुस लिदैं गर्दा कर्मचारी शर्मालाई कार्यालय बाटै पक्राउ गरिएको थियो ।पक्राउ परेका शर्मालाई बर्दिवास ल्याएर अनुसन्धान थालिएको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.