महानगरकै पैसाले मेयरलाई माला  किन?

महानगरकै पैसाले मेयरलाई माला  किन?

पोखरा : ‘घरमा बा आउँदा माला लगाइदिनुहुन्छ, आमा आउँदा माला लगाइदिनुहुन्छ?’ उनले सोधे, ‘श्रीमान् आउँदा माला लगाइदिनुहुन्छ कि श्रीमती आउँदा?’ उत्तर पनि उनैले दिए-विशेष पाहुना लगाइएला। महानगरपालिका, वडा र टोल त सबै एउटै परिवार हो भने मेयरलाई माला किन? यस्तो प्रश्न अरु कसैले होइन मेयरकै हो, त्यो पनि पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीको। 

छोरेपाटन क्षेत्रमा सीसीक्यामेरा जडान कार्यक्रमको शनिबार बिहान उद्घाटनपछि प्रमुख अथितीय मन्तव्य राख्दै थिए मेयर जिसी। अरुलाई सम्मानपत्र हस्तान्तरण गरिसकेपछि आफूलाई पनि मायाको चिनो ग्रहणका लागि आयोजकले भनेपछि मन्तव्यका क्रममा मेयर जिसीले अनावश्यक खर्च नगर्न र मितव्ययी बन्न आग्रह गरे।

‘मलाई कार्यक्रममा बोलाउँदै माला नलगाइदिनू र मायाको चिनो पनि नदिनू भनेको हुँ’, जिसीले भने, ‘अहिले हामीले लगाइरहेको माला बुनेको पूmल भारतबाट आउँछ। आयात किन बढाउने? बरु हामी आफैंले फुलायौं भने लगाउँला।’ 

महानगरबाट बजेट लगेर आफूलाई बोलाएको कार्यक्रममा माला लगाइदिने र मायाको चिनो दिने काममा खर्च नगर्न मेयर जिसीले आग्रह गरे। ‘झन् महानगरको कार्यक्रमलाई हो भनेपछि सय रुपैयाँ पर्ने मालालाई पनि ५ सय रुपैयाँ भन्दा रैछन्’, उनले भने, ‘यस्ता कार्यक्रम गर्दा मालामा मात्रै ५÷६ हजार रुपैयाँ खर्च भएको हुन्छ। त्यसो नगरौं।’ महानगरकै बजेट लगेका थुप्रै कार्यक्रममा त्यसरी नै खर्च भएको भन्दै उनले असन्तुष्टि पोखे। 

सिद्धार्थ राजमार्गको छोरेपाटन क्षेत्रमा १२ वटा सीसीक्यामेरा जडान भएको छ। डेभिज फल क्लबको सक्रियतामा पोखरा छोरेपाटनको बराल फिडदेखि छोरेपाटन प्रहरी चौकी हुँदै बरको चौतारासम्म एक किलोमिटरभन्दा बढी सडक क्षेत्रमा सीसी क्यामेरा जडान भएको हो। क्लबका पदाधिकारी ऋषि बरालका अनुसार १० लाख रुपैयाँ खर्च गरी क्यामेरा जोडिएको हो। त्यसमा पोखरा लेखनाथ महानगरपालिकाले ३ लाख ८० हजार बजेट उपलब्ध गराएको छ। त्यस्तै गुप्तेश्वर गुफा व्यवस्थापन समितिले ३ लाख ५० हजार, बरालफिडले ५० हजार सहयोग गरेका थिए। २ लाख २० हजार रुपैयाँ भने क्लबले बेहोरेको क्लबका अध्यक्ष गोपाल बरालले जनाए।  

मेयरले शनिबार क्यामेरा उद्घाटन गरेका हुन्। उनले कार्यक्रममा आसनग्रहण गराउने जस्तो अति परम्परावादी शैली छाड्न पनि आग्रह गरे। मन्तव्य राख्दा व्यक्तिपिच्छे सम्बोधन गरिरहन नपर्ने पनि उनको भनाइ थियो। ‘कुर्चीमा नाम लेखिदिऔं, त्यहीं गएर बसे भइहाल्यो’, उनले भने, ‘सम्बोधन गरेर समय किन खर्चने? फलाना र ढिस्कानाको नाम लिँदा मेरो नलिने भनेर फेरि अर्काले दागा धर्छ।’ खर्च र समयको मितव्ययिताबारे बोल्दै जाँदा मेयरले सीसीटीभी राख्नुपरेको कारण पनि मानवीय प्रवृत्ति नै भएको बताए। उनले भने, ‘सबैले ममभन्दा नियम मान्ने हो भने सीसीटीभी पनि चाहिन्न घरमा ताला लगाउनु नि पर्दैन।’ 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.