चन्दा संकलन गरी खेलमैदान निर्माण

चन्दा संकलन गरी खेलमैदान निर्माण

बेँसीसहर : लमजुङको बेँसीसहर नगरपालिका-१०, खासुगाउँका बासिन्दाले चन्दा संकलनबाट खेल मैदान निर्माण गरेका छन् । खासुरवासीले गाउँमा इलेभेन ए साइडको खेल मैदान निर्माण गरेका हुन्।खसुरोधीं युवा क्लबको अगुवाइमा गाउँकै कोडहर डाँडामा खेल मैदान निर्माण भइरहेको छ। क्लबका अध्यक्ष नन्दबहादुर घलेले मैदान तयार भएपछि खेतमा फुटबल खेल्नुपर्ने बाध्यता हट्ने बताए।

घलेका अनुसार २०६५ सालदेखि तीन वर्ष क्लबले विभिन्न चाडपर्वमा नाचगान गरी सात लाख रुपैयाँ जम्मा गरेर खेलमैदान निर्माण थालेको थियो । युवा बिदेसिएपछि मैदान निर्माणकार्य रोकिएकोमा अहिले बिवदेसिएकाले सहयोग जुटाएपछि पुनर्निर्माण थालिएको छ ।

‘बिदेसिएका युवाले खेल मैदान निर्माणका लागि सहयोग पठाउन थाले । सहयोग रकमलाई सदुपयोग गर्दै हामीले खेलमैदान निर्माण गर्‍यौं’, उनले भने। बेलायत, अमेरिका, हङकङ, यूएई, कतार र मलेसिया लगायतमा रहेका स्थानीयले सहयोग गर्दै आएका उनले बताए ।

बिदेसिएका युवाले १३ लाख रुपैयाँ सहयोग गरिसकेको र सहयोग गर्ने क्रम जारी रहेको गाउँका अगुवा जीवराज घलेले बताए । खेलमैदान निर्माण गर्न बेँसीसहर नगरपालिकाले तीन लाख, वडाले दुई लाख, गाउँकै पाँच युवाले एकएक लाख, नौ युवाले ५०÷५० हजार, प्रगति नारी समाजले ५० हजार रुपैयाँ सहयोग गरेको युवा अगुवा दूधप्रसाद घलेले बताए । उनका अनुसार गाउँका बूढापाका, आमा समूह, युवा सबैले खेलमैदान निर्माणमा श्रमदान गरेका छन्।

क्लबका संस्थापक अध्यक्ष भरतराज घलेले गाउँका आठ जनाले झन्डै ४० रोपनी जग्गादान गरेको बताए । खेलमैदान निर्माणले गाउँलेमा खुसी छाएको उनले बताए । गाउँमा युवा अगुवा हीरालाल विश्वकर्माले खेलमैदान निर्माणले युवाहरूमा उत्साह थपिएको बताए। खेलमैदान निर्माण पूरा भएपछि प्रदेशस्तरीय खेल खेलाउन सकिने उनले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.