सुस्त मनस्थितिकी महिला बलात्कृत, मिलापत्रको प्रयासले अभियुक्त भागे

सुस्त मनस्थितिकी महिला बलात्कृत, मिलापत्रको प्रयासले अभियुक्त भागे

गौशाला : शौच गरेर फर्किंदै गरेकी सुस्त मनस्थितिकी महिलामाथि तीन दिनअघि महोत्तरीको गौशाला नगरपालिका-६ फुलकाहामा बलात्कार भयो। बलात्कार घटना गाउँमै मिलाउने प्रयास हुँदा प्रहरी अनुसन्धान प्रभावित भएको पाइएको छ। २८ वर्षीया महिलालाई बलात्कार गरेर आरोपित व्यक्ति फरार भएका छन्।

पीडितले बिहीबार बिहान भएको घटनाको मौखिक उजुरी दिएको इलाका प्रहरी कार्यालय गौशालाका सइ मेघराज चौरसियाले जानकारी दिए। ‘हामीले पीडित महिलाको स्वास्थ्य परीक्षण गराइसकेका छौं’, सइ चौरसियाले भने, ‘तर, पीडित पक्षबाट हालसम्म किटानी जाहेरी परेको छैन।’ पीडितले प्रहरीमा दिएको हुलियाका आधारमा पीडकको खोजी भइरहेको उनको भनाइ छ।

उजुरीका लागि प्रहरीले प्रयास गरे पनि पीडित पक्षका ‘टाठाबाठा’ले वकिलबाट लेखाउने भन्दै तीन दिनदेखि अडान लिएका छन्। यसले गर्दा अनुसन्धान प्रभावित भएको प्रहरीले जनाएको छ।

पीडितले शुक्रबार गौशाला-६ का वडाध्यक्ष नथुनी राउतलाई कार्यालयमा पुगेर न्यायका लागि गुहार मागेका थिए। तर, वडाध्यक्ष राउत उजुरी दिनुभन्दा पनि पीडक युवाकै पक्षमा देखिएको जनाइएको छ। ‘पीडितले घटनाबारे जानकारी गराए, मैले पीडकका अभिभावकलाई तुरुन्त बोलाएँ’, वडाध्यक्ष राउतले भने, ‘पीडक युवालाई खोजेर ल्याउन दुई दिनको समय दिइएको छ।’

वडाध्यक्षसामु पीडक पक्षले दोषीलाई खोजेर ल्याउने वाचा गरेकाले प्रहरीमा जान ढिलाइ भएको हो। उजुरी दर्तामा ढिलाइ हुँदा पीडक भारत पुगिसकेको जनाइएको छ। प्रहरीमा उजुरी दिए गाउँमा मिलाउन नसकिने भएपछि उजुरी दर्ताको सातदिने अवधि गुजार्ने काम भइरहेको छ। गाउँकै टाठाबाठाले पैसाको चलखेलमा बलात्कारजस्तो गम्भीर प्रकृतिको मुद्दामा ‘पञ्चायत’कै भरमा मिलाउन हरसम्भव प्रयास गराइरहेको प्रहरीको आशंका छ।

गाउँकै टाठाबाठाले पैसाको चलखेलमा बलात्कारजस्तो गम्भीर प्रकृतिको मुद्दामा ‘पञ्चायत’कै भरमा मिलाउन हरसम्भव प्रयास गराइरहेको प्रहरीको आशंका छ।

इलाका प्रहरी कार्यालय गौशालाले पीडित पक्षलाई शनिबार बोलाएर पीडकविरुद्ध उजुरी दिन आग्रह गरेको छ। पीडितका पति जान्ने-बुझ्ने नभएकाले उनकै पक्षका टाठाबाठाले घटनाको नेतृत्व गरिरहेको जनाइएको छ। आफ्ना पक्षको कुरा नमानी प्रहरीमा उजुरी हाले पीडितलाई गाउँबाट बहिष्करणमा पर्ने डर देखिएको छ। जसका कारण पीडित पक्ष प्रहरीमा पुगे पनि उजुरी दर्ता गर्न डराइरहेको छ।

महिला तथा बालबालिकाको न्यायका लागि इलाका प्रहरी कार्यालयमा महिला तथा बालबालिका सेवा केन्द्र स्थापना गरिएको छ। ‘प्रहरीले उजुरी लेखिदिने भने पनि पीडित पक्षले प्रहरीलाई नै विश्वास गरेको छैन’, एक प्रहरीले भने, ‘न वकिलबाट लेखाएर ल्याउँछ न त हामीले लेखिदिन मानेका छन्।’ मौखिक उजुरीकै आधारमा प्रहरीले पीडकको खोजी गरिरहेको जनाइएको छ।

पीडकविरुद्ध उजुरी दिन ढिलाइ गरेकाले पीडित पक्षकै टाठाबाठा बलात्कार घटना मिलाउन उद्यत रहेको गौशाला-२ का वडासदस्य कुमरकान्त झाको ठम्याइ छ। ‘घटनाको वृत्तान्त हेर्दा गाउँमै मिलाउन खोजिएजस्तो छ’, उनले भने, ‘नत्र किन वडाध्यक्षले पीडक पक्षलाई दुई दिनको समय दिए। उसले त तुरुन्त उजुरी दर्ता गराउन पहल गर्नुपर्ने थियो।’

वडाध्यक्ष राउतले उजुरीमै जान्छ भने बाटो खुला रहेको बताए। ‘उजुरी दर्ता गराउन म पहल गर्छु’, उनले भने। जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डीएसपी खगेन्द्रबहादुर खड्काले उजुरी दर्ता भई पीडकमाथि कारबाही हुने विश्वास दिलाएका छन्। ‘पीडित महिलाको स्वास्थ्य जाँच गरिएको छ’, डीएसपी खड्काले भने, ‘बलात्कारजस्तो घटनामा कुनै मोलमोलाइ, मिलापत्र हुँदैन। पीडकलाई खोजेर प्रहरीले कारबाही थाल्छ।’

बिहीबार बिहान साढे १० बजे चौरमा शौच गरेर फर्किंदै गर्दा सुस्त मनस्थितिकी महिलालाई गाउँकै युवकले नियन्त्रणमा लिएर बलात्कार गरेका थिए। ‘मलाई हात समातेर लड्काले वनमाराको झाडीमा लग्यो’, पीडित महिलाले रुन्चे स्वरमा भनिन््, ‘मलाई निर्वस्त्र बनाएर बलात्कार ग¥यो।’

राम्रोसँग बोल्न नसक्ने उनले भनिन्, ‘भाग्न खोज्दा दुईपटक झाडीमा लगेर इज्जत लुट्यो।’ घाँस काटेर फर्किंदै गरेका महिलालाई यसबारे जानकारी गराएपछि घटना प्रहरीमा पुगेको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.