‘नाम काडेर बोलाउनुु हुुन्न’

‘नाम काडेर बोलाउनुु हुुन्न’

सपर्मण मगर ७ वर्षका भए। उनको घर महोत्तरी बर्दिवास हो। उनी भविष्यमा डाक्टर बन्न चाहन्छन्। अहिले समर्पण माउन्ट एभरेन्ट बुुद्ध सीता बोर्डिङ स्कुुलमा कक्षा १ मा पढ्दैछन्। समर्पणलाई नाम काडेर बोलाएको पटक्कै मन पर्दैन। तर जन्मिँदै समर्पणको टाउको केही ठूलो थियो। त्यही देखेर साथीहरूले उनलाई नाम काडेर ‘घन्टाउके र घने’ भनेर बोलाउन थाले।

सुुरुसुुरुमा समर्पणले खासै मतलव गरेनन्। तर जब समर्पण स्कुुल ड्रेस लगाएर दोबाटोमा निस्कँन्थे, त्यसबेला साथीहरूले ‘ए घने कहाँ जान लागिस्’ भन्थे। त्यसपछि समर्पणलाई एकदमै रिस उठ्न थाल्यो। साथीहरूले आफूलाई ‘घने’ भनेर बोलाएको उनलाई पटक्कै मन परेन।

साथीहरूले स्कुुलको गेटभित्र पस्दा नाम काड्दैनथिए। तर जब स्कुुल छुुट्टी भएर घर जाने बेला हुुन्थ्यो, साथीहरूले ‘ए घने आज कति पढिस् ? तेरो टाउको त कत्रो ठूलो छ। तैले त धेरै पढिस् होला। हाम्लाई पनि सिका न’ भन्दै उनलाई जिस्काउँथे। समर्पणलाई त्यसरी आफ्नो नाम काडेको पटक्कै मन पर्दैन थियो। ‘मेरो नाम समर्पण हो। समर्पण भनेर बोला’ भन्थे उनी। तर कसैले पनि उनलाई समर्पण भनेर बोलाउँदैनथिए।

आमा गेटमा लिन आएको देख्नेबित्तिकै समर्पण रुन थाल्थ्यो। आमाले के भयो। किन रोएको भनेर सोध्दा समर्पणले रुँदै भन्थे, ‘मलाई सबैले घने भन्छन्। म यो स्कुुलमा नपढ्ने।’ छोराको कुुरा सुुनेर आमा चिन्तित हुुन्थिन्। तर अरु स्कुुल नजिकै थिएन। समर्पणका साथीहरूलाई उनकी आमाले अब आइन्दा ‘घने’ नभन्नुु भन्दै सम्झाउँथिन्। तर गाली गरुन्जेल हुुन्छ भन्ने ती साथीहरू फेरि समर्पणलाई बाटोमा एक्लै भेट्नेबित्तिकै ‘घने’ भनेर जिस्क्याउन थालिहाल्थे।

त्यसपछि समर्पणलाई घरबाहिर खेल्न जान पनि मन लाग्छ छाड्यो। घरमै साइकलको टायर, काठको गाडी बनाएर उनी एक्लै खेल्थे। जसले समर्पणको नाम काडेर बोलाउँथ्यो उनले ती साथीको घरमा खेल्न जानै छाडिदिए।

एकदिन समर्पणले बुुवा (टीकाराम मगर)सँग एकजना नौलो मान्छे कुुरा गरिरहेको देखे। बुुवा र उनको साथीले गरेको कुुराकानी समर्पणले सुुनिरहे। कुुराकानी सुुनेर उनले के थाहा पाए भने टाउको ठूलो हुुने मान्छेको धेरै बुुद्धि हुुन्छ रे। धेरै बुुद्धि भएपछि ठूलो मान्छे भइन्छ रे।

त्यसपछि समर्पणलाई धेरै खुुसी लाग्यो। आफ्नो टाउको ठूलो भएकाले आफ्नो पनि बुुद्धि धेरै हुुने उनले ठाने। त्यसदिनदेखि साथीहरूसँग भेट्दा समर्पणले भन्न थाले, ‘तिमीहरूलाई थाहा छ, टाउको ठूलो हुुने मान्छेको त बुुद्धि पनि धेरै हुुन्छ रे। अनि बुुद्धि धेरै हुुने मान्छे नै ठूलो मान्छे बन्छ रे।’ त्यसपछि केही दिन साथीहरूले ‘घने’ भन्न छाडे।

समर्पण कक्षा १ मा पढ्न थाले। साथीहरूले फेरि उनलाई ‘घने’ भनेर बोलाउन थाले। नाम काड्नेलाई समर्पण केही पनि गर्न सक्दैनथे। ‘मेरो नाम घने होइन, समर्पण हो’ भन्दै कराउँथे र रिसाउँथे। तर साथीहरूले समर्पणलाई ‘घने’ भन्न कहिल्यै छाडेनन्।

एकदिनको कुुरा हो। सिमसिम पानी परिरहेको थियो। त्यसदिन समर्पणलाई लिन उनकी आमा स्कुुल जान पाइनन्। छाता पनि थिएन समर्पणसँग। उनी साथीहरूसँग घर फर्किँदै थिए। पानी भरिएको सानो खाल्टोमा समर्पण लडे। किताब बोकेको झोला पनि भिज्यो। केही साथीहरू उठाउन आए। तर केही साथी चाहिँ ‘घने लड्यो, घनेले माछा मा¥यो’ भन्दै हाँस्न थाले। त्यसदिन समर्पणलाई एकदमै नरमाइलो लाग्यो। उनी मनैदेखि धेरै रोए।

विस्तारै रात पर्दै थियो। सिमसिमे पानी अझै रोकिएको थिएन। त्यस दिन समर्पणले खाना पनि खान मानेनन्। उनका बाबुु पनि घरमा थिएनन्। आमालाई अँगालो मार्दैै समर्पणले भने, ‘आमा, मलाई सबैले घने भन्छन्। यो गाउँ छाडेर टाढा बसाइँ सरेर जाउँ न। त्यहाँ मलाई कसैले घने भन्दैन होला।’

आमाले समर्पणलाई छातीमा टाँसिन्। ‘भोलि उज्यालो भएपछि बाबा आउनुुहुुन्छ, अनि बसाईं सर्ने है’, सर्मपणलाई सम्झाउँदै आमाले भनिन्। समर्पण आमाको छातीमा टाँसिएर धेरै बेर रोइरहे। रातभरि पानी पनि परिरह्यो।

यस्ता घटनाले बालमनोविज्ञानमा असर पर्ने बालमनोविद् गंगा पाठकले बताइन्। अरूले दिएको नामले आफ्नो व्यक्तित्वमा प्रभाव पर्ने उनको भनाइ छ। उनले भनिन्, ‘त्यसरी नाम काडेर बोलाउँदा बालबालिकामा चञ्चलता हराउन सक्छ। भावुुक बच्चालाई झनै बढी असर पर्न सक्छ।’ त्यसरी नाम काडेर बोलाउँदा आफूलाई होच्याएको महसुुस गर्ने र उनीहरूको आत्मसम्मानमा धक्का पुुग्न गई बालबालिका रिसाहा र बदला लिने स्वभावका हुुने उनले बताइन्। कुुनै बच्चाहरू त गाउँ नै छाडेर जान खोज्ने पनि हुुने उनले सुुनाइन्। बालबालिकालाई उनको सन्देश छ, ‘भाइबहिनीहरू, कसैको पनि नाम काडेर बोलाउनुु हुुन्न है।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.