प्रदेश संसद बैठकमा नेपाली कांग्रेसको अवरोध

प्रदेश संसद बैठकमा नेपाली कांग्रेसको अवरोध

बिराटनगरः प्रदेश नम्बर १ को आज (आइतवार) बसेको संसद बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरोध गरेको छ । २३ दिनदेखि अनशनरत डा. गोविन्द केसीका माग पुरा गर्न भन्दै कांग्रेसले संसद बैठकमा अवरोध गरेको हो । 

बैठकमा बोल्दै नेपाली कांग्रेसका सांसद लोकप्रसाद संग्रौलाले सरकारले केसीका माग विनाशर्त पुरा गर्नुपर्ने बताए । उनले सरकार गैरजिम्म्मेवार बन्दै केसीका माग सुनुवाइ नगर्नु गलत भएको जिकिर गरे । 

त्यसपछि नेकपाका प्रमुख सचेतक बुद्धिराज भण्डारीले संसद अवरुद्ध गर्नु युक्तिसंगत नभएको बताउँदै संसद सुचार गरेर अघि बढ्नुपर्नेमा जोड दिएका थिए । तर कांग्रेस सांसदहरुले बैठकमा उठेर अवरोध गरिरहेपछि  सभामुखले साउन १० गतेसम्मका लागि संसद बैठक स्थगित गरेका छन् । 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.