गुल्मीको मालिकामा ६० बर्षीय पुरुष मृत फेला

गुल्मी : गुल्मीको एक जना पुरुष मृत फेला परेका छन् । मालिका गाउँपालिका वडानम्बर–८ कालीमाटी निवासी ६० वर्षीयका लालबहादुर रोका मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डीएसपी)चिरञ्जीवी दाहालले जानकारी दिए ।
रोकाको मंगलबार बिहान घर नजिकै आफ्नै बारीमा ढुंगाले पुरिएको अवस्थामा शव फेला परेको थियो । प्रारम्भिक अनुसन्धानका आधारमा मदिरा सेवनकै कारण घटना भएको अनुमान गरिएको छ।
घटना शंकास्पद रहेकाले थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय गुल्मीबाट एसपी राजन भुजेलको कमाण्डमा टोली घटनास्थलमा खटिएको छ । घटनाबारे अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पुर्कोटदह गुल्मीबाट पनि प्रहरी खटिएको छ ।
प्रतिक्रिया दिनुहोस !
