रातु पुल निर्माण अन्तिम चरणमा

रातु पुल निर्माण अन्तिम चरणमा

बर्दिबास : पूर्वपश्चिम राजमार्गअन्तर्गत महोत्तरी र धनुषाको बीचमा पर्ने रातु पुलको काम अन्तिम चरणमा पुगेको छ। ९५ प्रतिशत काम सकिएको निर्माण पक्षले जनाएको छ। पूर्वी नेपालका जिल्लाहरुलाई राजधानीसँग जोड्ने रातु पुललाई 'लाइफलाइन' मानिन्छ।

पाँच मुख्य पिलर र दुई सहायक पिलर गरी सातवटा खाँवामा निर्माणाधिन पुलको ठेक्का कालिका टु दी रसुवा जेबी काठमाडौं लिएको छ। यसले २४ करोंड ६० लाखमा पुल निर्माणको ठेक्का लिएको हो।'पुलमा रेलिङ्गको फिटिङ्ग, फुटपाथ, पुलको दुवैमुखमा स्ल्याब राख्ने काम द्रुत गतिमा भइरहेको छ, 'निर्माण कम्पनीका साइट इन्चार्ज कृष्ण ढुङ्गेलले भने,' साउन २५ सम्ममा पुलको निर्माण काम पुरा हुन्छ।' इमेर्जेन्सी भए अहिले पनि साना सवारी वारपार गराउन सकिने उनले बताए।

 आइ गर्डर( प्रिस्टेस) डिजाइनबाट पुल निर्माण भएको छ। ६ खण्डमा पुल निर्माण भएको छ। बर्खाको मौसममा पनि निर्माण पक्षले त्रिपाल टाँगेर रातारात बत्ती बालेर पुलको निर्माण काम जारी राखेको छ।

पुल निर्माणको सम्पूर्ण काम सक्नुपर्ने सम्झौताभन्दा १६ महिना अगाबै निर्माण पक्षले पुल निर्माण गरेर हस्तान्तरण गर्ने भएको छ। २०७३ साल असार २९ गते पुल निर्माणको ठेक्का सम्झौता गरेको ठेक्केदारले २०७६ पौष मसान्तसम्म निर्माण गरिसक्नेपर्ने थियो।

दुई सय २५ मिटर लम्बाई र १०.९० मिटर चौडाइ रहेको पुलमा दायाँबायाँ बटुवा हिँड्ने बाटो पनि छ।  पुल दुई लेनको छ। एकै पटकमा १०-१० टनको दुईवटा गाडी ओहरदोहर गर्न सक्ने क्षमता छ। वर्षातले पुल निर्माण काममा  बाँधा पुर्‍याएको थियो । रातु पुलको काम छिट्टै सकिने भएपछि खुशी लागेको खानेपानी तथा सरसफाई उपभोक्ता समितका अध्यक्ष भोला खड्काले बताए। 'गर्दा त हुने रैछ,'उनले भने,'विकास निर्माणमा ढिलासुस्ती गर्नु हुँदैन भन्ने सन्देश पुल निर्माण गर्ने कम्पनीले दियो।'

चार वर्षमा दुईपटक रातु पुल भाँसिएपछि खोलामा बल्ल नयाँ पुल निर्माणको काम सरकारले थालेको थियो। पूर्वपश्चिम महेन्द्र राजमार्गको रातु पुल दोस्रो पटक २०७४ सालसाउनको २८ गते साँझको अविरल वर्षासँगै बाढीले भाँसिएको थियो।

दुई महिनासम्म यातायात संचालनमा कठिनाई भएको थियो। अहिले बेली ब्रिज फिट गरेर यातायात संचालनमा छ। एकतर्फी गाडी चलेकोले पुलमा गाडीको जाम लाग्ने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दिबास इन्स्पेक्टर डिल्ली प्रसाद मैनालीले जनाए। 'अहिले हामीलाई मात्र हैन समग्र यायातात संचालनमा समस्या छ,'उनले भने, 'चाँडै पुल निर्माणले यातायात संचालनमा सहज हुन्छ।' 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.