नयाँ करको विरोध

नयाँ करको विरोध

 गौशाला : महोत्तरीको गौशाला नगरपालिकाले जनताको ढाँड सेक्ने गरी नयाँ कर लागू गरेको भन्दै वडाध्यक्षसहित दलहरू आन्दोलित भएका छन् ।

१२ वडामध्ये पाँच वडाअध्यक्ष, कांग्रेस, संघीय समाजवादी फोरम, राजपा र गौशाला उद्योग वाणिज्य संघले आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् । दुर्गा मन्दिर परिसरमा बसेको भेलाले सत्तापक्ष स्वेच्छाचारी भएको भन्दै विरोध जनाएको छ । विरोधसभामा कांग्रेस नेता बसन्त गुरुङ, समाजवादी फोरमका केन्द्रीय सदस्य लक्ष्मी महतोलगायतले नगरपालिकाले बहुमतको दम्भमा जनताले थेग्न नसक्ने कर लागू गरेको आरोप लगाए ।

वाणिज्य संघका अध्यक्ष राजाराम गिरीका अनुसार नगरपालिकाको कदमविरुद्ध आइतबार र सोमबार पर्चा टाँस्ने, मंगलबार माइकिङ गर्ने, बुधबार विरोध जुलुस निकाल्नेलगायत कार्यक्रम तय भएको छ । ‘किसान मात्र होइन कि व्यापारी÷व्यवसायीले पनि कर तिर्न नसक्ने अवस्था छ’, संघका अध्यक्ष गिरीले भने, ‘हामीले आफ्ना मागबारे सम्बन्धित सबै निकायमा ज्ञाप्नपत्र बुझायौं तर कहीं कतैबाट सुनवाइ भएन ।’

फोरम नेता विनोदकुमार महतोले नगरपालिकाले करको निर्णयमा पुनर्विचार गर्नुपर्ने माग गरे ।

जनता कर तिर्न तयार छ तर, समय, स्थानको ख्याल गरेर कर लगाउनु पने माग गौशालाका स्थानीय जगदिश प्रसाद गुप्ताले गरे । पाँच वडाका अध्यक्षले आफ्ना वडाहरूमा रहेका आम्दानीका स्रोतको कुल रकममध्ये ७० प्रतिशत खर्च सल्लाहमा गरिनुपर्ने माग उठाएको वडा नम्बर २ का सदस्य कुमरकान्त झाले बताए ।

गौशालाका मेयर शिवनाथ महतोले वडाअध्यक्ष, उद्योगी÷व्यापारीसँगको छलफलबाटै नगर कार्यपालिकामा पेस भएको नयाँ करको दर लागू गरिएको बताए । आन्दोलनको कुनै तुक नरहेको जिकिर गर्दै मेयर महतोले भने, ‘हामीले वार्ताको ढोका खुला राखेका छौं ।’ आन्दोलनमा रहेका पाँच वडाध्यक्षले आफ्ना वडामा करको नयाँ दर लागू गर्न नदिएको जनाइएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.