भरतपुरमा बस दुर्घटना, २३ घाइते
चितवन : भरतपुर महानगरपालिका-१ रामनगरमा आइतबार राति दुईवटा यात्रुबाहक बस ठोक्किँदा २३ जना घाइते भएका छन्। काठमाडौँबाट दाङ जाँदै गरेको ना ५ ख ९३९९ को बस र वीरगञ्जबाट पोखरा जाँदै गरेको ना ५ ख ५३११ नम्बरको बस राति ११: ५० बजे आपसमा ठोक्किँदा २३ जना घाइते भएका हुन्।
घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। अन्यको अवस्था सामान्य रहेको छ। घाइतेमध्ये ११ जना भरतपुर अस्पतालमा र अन्य १२ जनाको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ। रासस