हेटौडामा बस दुर्घटना, २० घाइते

हेटौडामा बस दुर्घटना, २० घाइते

हेटौँडा : नारायणगढबाट वीरगञ्जतर्फ आउँदै गरेको ना५ख ३७०१ नंको बस हेटौँडा-नारायणगढ सडक खण्डको लेबटमा सोमबार मध्याह्न अनियन्त्रित भई पल्टिँदा २० जना घाइते भएका छन्।  घाइतेमध्ये ११को चुरेहिल अस्पताल र पाँचजनाको हेटौँडा अस्पतालमा उपचार भइरहेको मकवानपुर जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

चार घाइते सामान्य उपचारपछि हेटौँडा अस्पतालबाट घर फर्केको प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिए। बस चालक रौतहट जिल्ला चन्द्रनिगाहपुर नपा-११ बस्ने ३५ वर्षीय कुश थापा मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। रासस

त्यसैगरी त्रिभुवन राजपथको हेटौँडा–भैँसे सडक खण्डको बागझोरामा सुक्खा पहिरो हटाई आज बिहान १० बजेदेखि हेटौँडा–काठमाडौँको यातायात सेवा सञ्चालनमा ल्याइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।  रासस


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.