नेपालको दबाबपछि भारतले रोक्यो दसगजामा निर्माण

नेपालको दबाबपछि भारतले रोक्यो दसगजामा निर्माण

जनकपुरधाम : नेपाल भारतसीमा क्षेत्र दसगजामा एकलौटी रुपमा भन्सार चेकपोष्ट निर्माण कार्य सुरु गरेको भारतले निर्माण कार्य स्थगित गरेको छ । नेपालको दबाबपछि भारतले दुई दिनका लागि निर्माण कार्य स्थगित गरेको हो ।

नेपाली सञ्चारमाध्यममा निरन्तर आएको समाचार र सशस्त्र प्रहरीको अवरोधपछि भारतीय अधिकारीहरुले दुई दिनभित्र प्राविधिक टोली मगाउने सर्तमा निर्माण कार्य रोकेको बोर्डर आउटपोष्ट नगराइनका सशस्त्र प्रहरी निरीक्षक जगदीशप्रसाद चौधरीले जानकारी दिए । 

जेठ १५ गतेदेखि धनुषा जिल्लाको नगराइन नगरपालिका–२ जटही नाकास्थित दसगजामा पर्ने रिफरेन्स पिलर ५१ र मुख्य पिलर २८४÷३५ को बीचमा भारतले भन्सार चेक पोष्ट निर्माण कार्य नै थालेको थियो ।

दसगजामा कसैले पनि यस प्रकारका घरटहरा वा सार्वजनिक प्रयोजनको भौतिक संरचना निर्माण गर्न नपाउने प्रावधान हुँदाहुँदै पनि भारतले चेकपोष्ट निर्माण गरिरहेको हो । सशस्त्र प्रहरीको तर्फबाट निकै अवरोध गरिए पनि नेपालका प्रहरीको अनुरोधलाई वेवास्ता गर्दै भारतीय पक्षले एसएसबीका जवानहरुलाई तैनाथ गरी धमाधम निर्माणको कार्य अघि बढाएको थियो ।

आइतबारसम्म पिलर गाड्नका लागि जग खन्ने कामसमेत सकेर भारतबाट इँटासमेत खसाइएको थियो । तर पुनः सशस्त्र प्रहरीले अवरोध गरेपछि भारतीय अधिकारीहरुले नेपालका नापी विभागका कर्मचारीलाई बोलाएर सीमा क्षेत्रको नापी दुई दिनभित्र गराउने शर्तमा निर्माण कार्य रोकेको सशस्त्र प्रहरी धनुषाका उपरीक्षक राजु पाण्डेको भनाई छ । 

नापी विभागमा यस विषयमा पत्राचार भइसकेको र धनुषाका प्रमुख जिल्ला अधिकारीसँग विभागले समन्वय गरिरहेको उपरीक्षक पाण्डेले बताए । प्रमुख जिल्ला अधिकारी गोपाल पराजुलीले दसगजाको निर्माण कार्य हाल कुटनीतिक प्रयासबाटै रोकिएको र यो एक वा दुई दिनका लागि नभई सीमाको यकिन सर्वेक्षण नभएसम्मका लागि भएको जानकारी दिए ।

पराजुलीले भने, ‘नेपाल भारत सीमा समस्या समाधान गर्न बनेका विभिन्न समितिहरुले पनि यस विषयमा समन्वय गरिरहेका छन् र हामी शिघ्र नै यस विवादलाई समाधान गर्नेछौं ।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.