गर्भवतीलाई पोषण आहार

गर्भवतीलाई पोषण आहार

बर्दिबास : महोत्तरीको बर्दिबास नगरपालिकाले नगरभित्रका पाँच सय तीस गर्भवतीलाई पोषण आहार वितरण गरेको छ। बहुक्षेत्रीय पोषण योजनाअन्तर्गत नगरपालिकाले गर्भवतीलाई जनही १५ किलो चामल, ५ किलो गेडागुडी, एक पाउ घ्यु र पानी शुद्धिकरणका लागि फिल्टर वितरण गरेको हो।

आमा र गर्भमा रहेको शिशुलाई आवश्यक पर्ने पोषिलो आहारस्वरुप कार्बोहाइड्रेड, मिनरल, भिटामिन र प्रोटिन प्राप्त हुने खाद्याय समाग्री वितरण गरिएको नगरपालिकाका स्वास्थ्य शाखा संयोजक महेन्द्र साहले जानकारी दिए । 'एक वार खाना चार' भन्ने सन्देशका लागि नगरपालिकाले पोषिलो आहार वितरण गरिएको हो। पोषणको अभावमा गर्भमा रहेको शिशु ख्याउटे, बामपुडके, रतन्धो, अपाङ्ग जन्मिने गर्दछ। 

शिशुको गर्भमा ३० प्रतिशत, जन्मिएको १ वर्ष पुग्दा २५ प्रतिशत,अर्को वर्षमा २५ प्रतिशत गरी कुल दुई वर्षमा ८० प्रतिशत मानसिक विकास हुने गर्दछ। गर्भमा र जन्मिएपछि शिशु र आमाले पोषिलो खाना नपाउँदा मानसिकरुपमा कमजोर शिशु जन्मिदै आएको बहुक्षेत्रीय पोषण योजना कार्यक्रमका संयोजक रामबाबु यादवले बताए। 'बच्चाको दुई वर्षको उमेर हिराजस्तै बहुमुल्य हुन्छ, त्यसैले आमा र बच्चालाई नभुलेर पोषिलो आहार खुवाऔं' उनले भने।

'मेरो छोराछोरी राम्रो बनोस्, ठूलो बनोस् सबै बुबाआमाको सपना हुन्छ, 'गर्भवतीलाई पोषिलो आहार वितरण गर्दै नगरका प्रमुख विदर कार्कीले भने,' पोषिलो आहार दिनुपर्ने बेलामा उनीहरुलाई नदिएर शिशुको घाँटी निमोठिन्छ। म गर्भमा हुँदा मेरी आमाले पोषिलो आहार पाउन सक्नु भएन। मेरो आमाले पोषिलो आहार खान पाएको भए म नगर प्रमुख मात्र हैन ठूलो मान्छे बन्ने थिए।'

त्यसैले हाम्रा नगरभित्र जन्मेका हरेक बच्चा पोषिलो खाना खाएर असल नागरिक बनून् भन्ने उद्देश्यले पोषण आहार कार्यक्रम ल्याएको नगरका प्रमुख विदर कार्कीले बताए। बर्दिवास नगरपालिकाकोले नगरभित्रका ५ सय ३० गर्भवतीलाई १६ लाख ७५ हजारको पोषण आहार वितरण गरेको छ। उनीहरुलाई साढे ७९ क्वीन्टल जिरा मसिनो चामल, साँढे २६ क्वीन्टल गेडागुडी र १ क्वीन्टल साँढे ३२ किलो घ्यू वितरण गरेको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.