हरियो चुुरा र मेहन्दी किन्न भारत

हरियो चुुरा र मेहन्दी किन्न भारत

बिर्तामोड : झापाको बिर्तामोडमा कस्मेटिक पसल सञ्चालन गरिरहेकी नीता श्रेष्ठले असार अन्तिम साता भारतको सिलीगुुडीबाट एक लाख रुपैयाँको हरियो चुुरा र मेहन्दी खरिद गरिन् । अघिल्लो वर्ष उनकोबाट होलसेलमा लैजानेलाई अपुुग भएपछि यो वर्ष ४० हजार बढीको चुुरा र १० हजारभन्दा बढीको मेहन्दी थप गरेकी हुुन् ।

उनीजस्तै झापाको मुुख्य बजारका चुुरालगायत कस्मेटिकका होलसेल व्यापारी साउनमा हरियो चुुराको माग बढी हुुने हुुँदा असार अन्तिम साता नै खरिद गर्न भारतको सिलीगुुडी पुुग्छन् । नेपालमा नबन्ने भएकाले चुुरापोते र मेहन्दी भारतबाट ल्याउनुुपर्ने बाध्यता रहेको अर्जुुधाराकी चुुरा व्यापारी मनीका राजवंशी बताउँछिन् । उनले भनिन्, ‘धेरैत भारतबाट ल्याउँछौ, नपुुगेको मात्रै बिर्तामोडका व्यापारीसँग खरिद गछौँ ।’

होलसेलमा ल्याएर दर्जनका हिसाबमा चुुरा बिक्री गर्दा राम्रो आम्दानी हुुने भएकाले साउनमा अधिकांश कस्मेटिक पसलमा हरियो चुुरा बिक्री गर्न राखिएको हुुन्छ । हरियो पोते र मेहन्दीको पनि होलसेल बिक्री उतिकै हुुन्छ । होलसेलका सामान तराईकै पसलभन्दा पहाडतिर बढी जाने गरेको व्यापारी बताउँछन् ।

पछिल्लो समय महिला पनि भारतको सिमावर्ती बजार भारत गएर हातभरि चुुरा, आफूलाई चाहिने मेहन्दी र पोते लगाएर आउने भएकाले पहिले जस्तो व्यापार नभएको बिर्तामोडस्थित शनिश्चरे रोडकी खुुद्रा व्यापारी अञ्जुु निरौलाले बताइन् ।

भन्छिन्, ‘अरु सामान किन्न सबै पानीट्यांकी जान्छन्, उतैबाट चुुरा, पोते र मेहन्दी पनि किनेर आउने भएकाले पहिले जस्तो बिक्री हुुँदैन ।’ झापा बिर्तामोडका होलसेल व्यापारी पनि झापाभन्दा पहाडी क्षेत्रमानै होलसेलमा हरियो चुुरा बिक्री हुुने बताउँछन् ।

झापाका अधिकांश महिला दैनिक उपभोग्य वस्तुु किन्न काँकडभिट्टा हुुँदै भारतीय बजार पानीट्यांकी जाने र उतैबाट चुुरासहितका कसमेटिक सामान ल्याउने हुुँदा नेपाली बजारमा बिक्री घटेको हो । होलसेल व्यापारीलाई फाइदा भए पनि खुुद्रा व्यापारीलाई घाटा हुुने बिक्रेता बताउँछन् ।

भन्सार तिरेर सामान ल्याउँदा नेपालमा केही महँगो हुुने भएकाले नेपालका सीमा क्षेत्रमा बसोबास गर्ने चुुरालगायत सामान किन्न पनि भारतकै सीमा बजारमा जाने गरेका छन् । नेपालभन्दा सीमावतीै भारतीय बजारमा आधा सस्तो पाइने हुुँदा उतैबाट साउनको लागि चुुरा किनेर ल्याएको बिर्तामोड बुुट्टाबारिकी गंगा अधिकारीले बताइन् । झापाका र इलामका स्थानीय जुुनसुुकै पर्वमा पनि भारतकै बजार किनमेलका लागि जाने प्रचलनले नेपाली बजारको हालत बिग्रँदै गएको स्थानिय व्यापारी गुुनासो गर्छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.