लागुऔषध सेवनको आरोपमा सातजना पक्राउ

लागुऔषध सेवनको आरोपमा सातजना पक्राउ

बर्दिबास : इलाका प्रहरी कार्यालय बर्दिबासले लागुऔषध सेवनको आरोपमा ७ जनालाई पक्राउ गरेको छ। उनीहरूलाई सडकमा चेकजाँचको क्रममा नियन्त्रणमा लिएको हो।

बर्दिवासस्थित सिन्धुली रोडबाट बर्दिवास नगरपालिका वडा नम्वर २  का दिनेश कार्की, वडा नम्बर ३ का विक्रम मगर र किरण परियार, वडा नम्बर १४ का विश्वनाथ साहलाई प्रहरीले पक्राउ गरेर कारबाही थालेको छ।

उनीहरूको साथबाट लागुऔषध नाइट्रोभेट १३ ट्याबलेट र  ५० ग्राम गाँजा बरामद भएको इलाका प्रहरी बर्दिवासका प्रहरी निरिक्षक राजु प्रसाद कुर्मीले बताए। 

त्यसैगरी बर्दिवास नगरपालिका वडा नम्बर – ४ का दीपक खतिवडा र वडा नम्बर १३ बस्ने पर्वत लामा र राकेश तमाङलाई पनि लागुऔषध सहित पक्राउ गरेको प्रहरीले जनाएको छ। 
पक्राउ परेका सातै जनामाथि लागुऔषध सम्बन्धि मुद्दा चलाइएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.