पहिरोले महाकाली राजमार्ग अवरुद्ध

पहिरोले महाकाली राजमार्ग अवरुद्ध

बैतडी : महाकाली राजमार्ग अन्तर्गत बैतडीको डिलाशैनी गाउँपालिका ६ बांगाबगरमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको छ। मंगलबार रातिदेखि परेको पानीले सो ठाउँमा पहिरो खस्दा सवारी साधन सञ्चालनमा आउन नसकेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता एवं प्रहरी निरीक्षक कान्तिराज जोशीले जानकारी दिए।

वर्षातको समयमा हरेक वर्ष बांगाबगरमा पहिरो खस्ने गरेको छ। बांगाबगरमा पहिरो खसेपछि महाकाली लोकमार्ग अन्तर्गत सतबाँझ–गोकुलेश्वर सडक खण्ड पूर्ण रुपमा अवरुद्ध भएको उनले बताए।

सडकमा खसेको पहिरो पन्छाउनका लागि डिभिजन सडक कार्यालयबाट डोजर पठाइएको प्रहरी निरीक्षक जोशीले बताए। उनले भने ‘बांगाबगरमा वर्षात हुने बित्तिकै पहिरो खसीहाल्छ। माथिबाट अहिले पनि लगातार पहिरो बगिरहेको खबर आएको छ। प्रहरी टोली पनि हामीले खटाएका छौं। सडक खुलाउने प्रयास भईरहेको छ। दिउसोसम्म सडक खुल्ने आशा छ।’

लगातार पानी परिरहेकाले पहिरो पन्छ्याउन केही अप्ठ्यारो भएको प्रहरीले जनाएको छ।

महाकाली राजमार्ग अवरुद्ध हुँदा बैतडी सदरमुकाम आउने, दार्चुलाबाट बैतडी, डडेल्धुरा र तराईका लागि छुटेका गाडीहरू बीचबाटोमै रोकिएका छन् भने दार्चुला तर्फ जाने गाडीहरु पनि बीच बाटोमै रोकिएका छन्।

बांगाबगरमा २०६० सालमा खसेको पहिरोले प्रत्येक वर्ष राजमार्ग अवरुद्ध गर्दै आएको छ। हरेक वर्षातमा माथिबाट पहिरो बग्ने भएकाले बेलाबेलामा राजमार्ग अवरुद्ध हुने गरेको स्थानीयबासी सुरेश श्रेष्ठले बताए। उनले भने ‘२०६० सालमा एक्कासी खसेको पहिरोले त्यो बेला ६ घर पुरेको थियो। दुई सय रोपनी जमीन बगरमा परिणत गरेको थियो। अहिले पनि सोही पहिरोका कारण नजिक बस्ती जोखिममा छन् भने सडक बेलाबेलामा अवरुद्ध हुने गरेको छ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.