यसरी फस्दैछ युवापुस्ता लागूअौषध कारोबारमा

यसरी फस्दैछ  युवापुस्ता लागूअौषध कारोबारमा

बर्दिबास : गत भदौं ५ गते बर्दिबास नगरपालिका-६ का १९ वर्षीय अनिल राउतको साथबाट लागूऔषध बरामद भयो। प्रहरीले उनलाई बर्दिबास चोकबाट ५२ पिस नाइट्रोभेट ट्याबलेटसहित पक्रियो । अनिल पक्राउ परेको १८ दिनपछि गत भदौं २३ गते बर्दिबास चोकबाटै जनकपुर उपमहानगरपालिका-१४ का २९ वर्षीय अजित चौधरी पनि प्रहरी फन्दामा परे। उनको साथबाट लागूऔषध नाइट्रोभेट ९ सय १५ पिस र स्पास्मोप्रोक्सिभन १ सय १७ गरी एक हजार ३२ पिस ट्याबलेट बरामद भयो।

हेटौंडाबाट नाइटबसमा ल्याउँदै गरेको १४ किलो गाँजासहित गत असोज २९ गते तीन युवा पूर्व-पश्चिम राजमार्गअन्र्तग महोत्तरीको माइस्थान जंगलबाट पक्राउ परे। सर्लाही लालबन्दी-५ का ३५ वर्षीय प्रेमबहादुर खड्का, हेटौंडा उपमहानगरपालिका-१९ का ३२ वर्षीय हरिलाल मुक्तान र बर्दिबास-८ का ३० वर्षीय राजाराम यादवलाई लागूऔषध गाँजासहित नियन्त्रण लिइयो।

आगूऔषधसहित युवाहरु बर्दिबासबाट पक्राउ परेका यि तीन प्रतिनिधिमुलक घटना मात्रै हुन्। इलाका प्रहरी कार्यालय बर्दिबासको अपराध अनुसन्धान शाखाका अनुसार आर्थिक वर्ष २०७४/०७५ मा लागूऔषध शीर्षकका १४ वटा घटना दर्ता भएका छन्।

जसमा १ महिलासहित २४ जना लागूऔषध तस्कर तथा दुव्र्यसनीमा फसेका युवामाथि मुद्धा चलाइएको छ। लागूऔषधका १४ वटा मुद्धामा पक्राउ परेकाको साथबाट गाँजा २८ किलो १ सय ४० ग्राम, नाइट्रेभेट ट्याबलेट एक हजार ५ सय २० पिस, स्पासमोप्रोक्सिभन ट्याबलेट २ सय ९७ पिस, डाईजेपाम र ब्रुफिनोर्फीन १०-१० पिस ट्याबलेट बरामद भएको थियो।

लागूऔषध मुद्धामा पक्राउ परेका १६ देखि ४५ वर्ष उमेर समूहका युवाहरु छन्। ३० वर्ष उमेर समूहका युवाहरु लागूऔषधको अमली तथा तस्करीमा छन्। भिट्टामोड, कनहँमा, मधवापुरलगायतका भारतीय सीमावर्ती बजारबाट सीमा नाका हुँदै महोत्तरीमा लागूऔषत औसारपसार हुने गरेको प्रहरीले जनाएको छ। 

सीमा नाकादेखि प्रहरी पोष्टसम्म प्रहरीले चेकजाँचमा कडाइ नहुँदा ४२ किलो मिटर दक्षिणबाट आधादर्जन प्रहरी विटरहरु छिचोल्दैं महोत्तरीको उत्तरवर्ती क्षेत्रमा पर्ने बर्दिबासमा तस्करले लागूऔषध ल्याइपुर्‍याउ छन्। 

बर्दिबासका चौकचौराहा, मठमन्दिर, हाटबजार, सुनसान जंगल, सार्वजनिक स्थानमै सेवन तथा लागूऔषधको औसारपसार हुने गरेको छ। यहाँको बर्दिबास बजार, शिवमन्दिर, बर्दिबास अस्पताल वरिपरीका कृषी तथा पशु कार्यालय परिषर, त्यहाँ रहेको स्कूल, बुद्ध चोक, गौशाला रोड, भब्सी जंगलको रेल्वे लिक, पञ्चधुरा माइस्थान मन्दिरलगायतका स्थान लागूऔषध दुव्र्यसनी तथा तस्करका लागि रोजाईमा पर्ने स्थानहरु रहेको स्थानीयबासी बताउँछन्।

बर्दिबासमा सयभन्दा बढी युवाहरु लागूऔषधको अमली रहेको अनुमान गरिन्छ।तर, उनीहरुको संगतमा असंख्यक युवाहरु छन्।तर प्रहरीसँग अमलीको कुनै तथ्यांक छैन। बर्दिबासका स्कूलले बालबालिकाहरु लागूऔषधका अमली बनेका छन्। दुव्र्यसनीमा परेका युवाको संगतले गर्दा बालबालिका दुव्र्यसनीमा परेका हुन्। पछिल्लो समय बर्दिबासमा देखिएको लागूऔषधको डर लाग्दो रुपले समाजमा नकारात्मक असर परेको देउराली माध्यमिक विद्यालयका प्रचार्य केदारबहादुर कोइरालाले चिन्ता जाहेर गरे।

पढ्दा-पढ्दैं स्कुल छाड्ने विशेष गरेर बालक दुव्र्यसनीमा फस्ने गरेको विद्यालय व्यवस्थान समिति महासंघ बर्दिबासका अध्यक्ष सोमबहादुर कार्कीले बताए। 'लागूऔषध दुव्र्यसनीको डर लाग्दो रुप छ,'उनले भने, 'अभिभावक, स्कुल परिवार, नगरपालिका, प्रहरी-प्रशासन न्यूनिकरण तिर लाग्नु पर्छ।'

बेरोजगारीले बराली हिँड्ने युवापुस्ता लागूऔषधको दुव्र्यसनीमा फसेको अखिल नेपाल क्रान्तिकारी महिला संघ महोत्तरीकी सह-सचिव पुनम महतोले बताइन्। 'खर्च बढ्ने तर आम्दानीका बाटाहरु नहुँदा युवाहरु मानसिक तनामा हुन्छन्,'उनले भनिन्, 'भनेजस्तो काम खोज्यो भेटिदैंन। तुरुन्तै बढी रपैयाँ कमाउन खोज्छन्। त्यसपछि लागूऔषध तस्करीमा फस्छन्। तस्करी गर्दागर्दै सेवन कर्ता पनि बढ्दै जन्छन्।'

लागूऔषध सेवन गर्नेसँग आर्थिक अभाव हुँदा उनीहरुले लागूऔषधको जोहो गर्न चोरी,लुटपाट, डकैती गर्ने, धम्क्याउनेजस्ता अपराधिक क्रियाकपाल गर्ने गरेको प्रहरीले जनाए। युवा लागूऔषध दुव्र्यसनी फसेपछि परिवारमा कलह बढेर समाज अशान्त बन्दै गएको इलाका प्रहरी कार्यालय बर्दिबास डिएसपी नकुल पोखरेलले बताए।

'दुव्र्यसनमा फसेका युवाको भविष्य अनिश्चित छ, 'उनले भने, 'देश विकास गर्ने जनशक्ति उत्पादनै ठप्प छ।' सजिलै रुपैयाँ कमाएका क्रसर उद्योगमा संलग्न युवाहरु, ठेक्का पट्टा गर्ने, वेरोजगारी युवा लागूऔषधको दुव्र्यसनमा फसेको पाइएको डिएसपी पोखरेलले बताए। '

' लागूऔषध प्रयोग कर्ताको संख्या भने त्यस्तो भयावह छैन। तर, जोजो दुव्र्यसनीमा फसे उनीहरु नराम्रोसँग बिग्रिएका छन्, 'उनले भने। शान्तिका लागि युवा संजाल महोत्तरीका अध्यक्ष सुरेश ठाकुरका अनुसार महोत्तरीको कुल जनसंख्याको १३ प्रतिशत जनसंख्या कुलतमा फसेको जनाए। १६ देखि २९ वर्षका युवा समूह गम्भीर कुलत ट्याबलेट, गाँजा, भांग, हफिंगजस्ता लागूऔषध दुव्र्यसनीमा फसेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.