प्रधानमन्‍त्रीकाे गृहजिल्लाका नदी अध्ययन गर्दै चिनियाँ टोली

प्रधानमन्‍त्रीकाे  गृहजिल्लाका नदी अध्ययन गर्दै चिनियाँ टोली

बिर्तामोड / दमक : झापाका नौवटा नदीमा व्यवस्थित तटबन्धन निर्माण गर्न चिनियाँ सरकारको सहयोग सुरु भएको छ।

त्यहाँको प्राविधिकको टोलीले नदीको प्रारम्भिक अध्ययन सुरु गरेको छ। प्रधानमन्त्री केपी ओलीले चीन भ्रमण क्रममा त्यहाँको सरकारसँग भएको सम्झौताबमोजिम चिनियाँ प्रविधिक झापा एका हुन्।

प्रधानमन्त्री असार ५ गते ६ दिने औपचारिक भ्रमणमा चीन गएका थिए। प्रमको गृहजिल्लाका नौवटा नदीमा व्यवस्थित तटबन्धन निर्माण गर्ने सम्झौता भएको हो। चिनियाँ प्राविधिक टोली एक सातादेखि झापाको विभिन्न स्थानमा रहेका नदी अध्ययन गरिरहेका छन्। त्यो प्राविधिक टोलीले सिँचाइ मन्त्रालय, जल उत्पन्न प्रकोप, जनताको तटबन्धन कार्यक्रमका इन्जिनियर, संसद् र उच्च अधिकारीको सहभागितामा झापाका नदीको प्रारम्भिक अध्ययन गरिरहेको छ।

टोलीले झापाको मावा खोलाको बहाव, बर्खा र हिउँदमा पार्न सक्ने क्षति र कुन स्थानमा कसरी तटबन्ध निर्माण गर्ने भन्ने विषयमा अध्ययन गरेको टोलीमा सहभागी प्रदेशसभा सदस्य श्रीप्रसाद मैनालीले बताए। उनले भने, ‘चाइना कम्युनिकेसन कन्स्ट्रक्सन कम्पनीअन्तर्गत नेपालका प्राविधिक विज्ञ मिस्टर याउसहितको टोलीले छिमेकी राष्ट्र भारतको सीमावर्ती नाका छोएको मेची नदीबाहेक झापाको निन्दा, हडिया, बिरिङ, माई, कमल, कृष्णे, रतुवा, मावा र सतासी नदीको वस्तुस्थितिबारे अध्ययन गरिरहेको छ।’

भारतसँग जोडिएको नदी भएका कारण मेची नदीको अध्ययन गर्ने विषयमा भने चीन सरकारसँग सम्झौता भएको थिएन। साना खोलाको एकै दिन र ठूला नदीको दुई दिनसम्म लगाएर विस्तृत रूपमा अनुसन्धान भइरहेको प्राविधिक विज्ञ मिस्टर याउले बताए।

मावा नदीले झापा र मोरङ दुवै जिल्लालाई वर्षातमा ठूलो क्षेत्रमा क्षति पु¥याउने भएकाले सुरुका दुई दिन सोही नदीको विस्तृत अध्ययन गरेको याउको भनाइ छ। मावा नदी झापा जिल्ला र मोरङ जिल्लाको सीमा नदीका रूपमा रहेको छ। झापाको पश्चिम सीमा भई बग्ने मावा नदीको उद्गमस्थल भने इलाम जिल्ला हो।

यो महाभारत पर्वत शृंखलाबाट निस्किएको हुँदा यहाँ वर्षभरि नै पानी बगिरहन्छ। यस नदीबाट वर्षायाममा सिँचाइ सुविधा उपयोग गरेको खण्डमा झापाको दमक, लखनपुरलगायत मोरङ जिल्लाका किसानले पनि फाइदा लिन सक्छन। त्यसैले सो नदीमा तटबन्धन र नहर दुवै विषयको थप अध्ययन हुने बताइएको छ। अन्य नदीको भने तटबन्धन र क्षति गर्ने स्थानका विषयमा मात्र अध्ययन हुँदै छ। झापाका नदी तथा खोलाले बर्सेनि ठूलो धनजनको क्षति गर्दै आएका छन्।

प्रधानमन्त्रीको सचिवालयका अनुसार नदीमा तटबन्धन निर्माण र नहर निर्माण गर्ने विषयमा चिनियाँ सरकार सकारात्मक भएकाले पहिलो चरणमा अध्ययन गर्ने र जोखिमको तथ्यांक निकाल्ने, त्यसपछि नियन्त्रणका लागि काम गर्ने तयारी छ।

प्रधानमन्त्रीका स्वकीय सचिवालयका विकास तथा जनसम्पर्क अधिकारी होमबहादुर थापाले नदी कटान र डुबान समस्याको दिगो समाधानका लागि आवश्यक तटबन्ध र खोलाका कारण बगरमा परिणत भएको जमिनको सदुपयोगको विषयमा समेत प्रारम्भिक अध्ययन हुनेछ।

जलस्रोत तथा सिँचाइ विभागका सिनियर डिभिजनल इन्जिनियर विनय पौडेलले भने, ‘चिनियाँ टोलीले पहिलो चरणमा झापाका नदीहरूको कटान, डुबान तथा त्यसले पु¥याउने क्षतिबारे बुझ्नेछन्।’ पहिलो चरणको सर्वेक्षणपछि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पारिनेछ। नदीकिनारमा ३० देखि ३५ किलोमिटरसम्म स्थायी प्रकृतिको बाँध बाध्ने योजना छ। झापाका नदीमा करिब ५ सय किलोमिटर बाँध निर्माण हुनेछ। बाँध निर्माणपछि ५ हजार बिघाभन्दा बढी जमिन निस्कनेछ। सुकुम्बासी समस्या समाधान, एकीकृत बस्ती निर्माण योजना, औद्योगिक क्षेत्र सञ्चालनलगायतलाई यो कार्यले ठूलो सहयोग मिल्ने दमक नगरपालिकाका प्रमुख रोमनाथ ओली बताउँछन्।

०००

क्याप्सन ः झापाको मेचीनगर नगरपालिकास्थित निन्दा नदीको अध्ययन गर्दै प्राविधिक टोली।

– रविन भट्टराई


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.