हुलाक कार्यालय सुनसान

हुलाक कार्यालय सुनसान

भोजपुर : भोजपुरका हुलाक कार्यालय सुनसान बन्दै गएका छन् । आधुनिक प्रविधिको उपयोग गर्न नसक्दा एक दशकयता जिल्ला हुलाकसहित सबै हुलाक कार्यालय कामविहीन अवस्थामा पुगेका हुन्् ।

सञ्चार–प्रविधिलाई पछ्याउन नसकेपछि अधिकांश हुलाक कार्यालय कामविहीन बन्दै गएको जिल्ला हुलाकका निमित्त प्रमुख रेवतबहादुर प्रधानले बताए । ‘पहिले चिठीका माध्यमबाट सूचना आदानप्रदान हुन्थ्यो’, उनले भने, ‘तर, अहिले इन्टरनेट, मोबाइल, इमेल, वेबसाइटजस्ता प्रविधिको विकासले हुलाक कार्यालय सुनसान बनेका छन् ।’

अझै धेरैजसो हुलाकी कार्यालय पुरानै ढाँचामा चल्दै आएका कारण सेवाग्राहीको विश्वास पनि घट्दै गएको उनको स्विकारोक्ति छ । ‘अहिले कसले चिठी लेख्छ र ? ’, उनले भने, ‘सबै काम सेकेन्डभित्र हुने भएपछि सूचना पुग्न लामो समय लाग्ने हुलाकी अड्डामा सर्वसाधारण जान छाडिसके ।’

प्रविधिको युगमा पनि अझै आफ्ना सेवालाई विविधीकरण गर्नुको सट्टा पुरानै शैलीबाट झोलामा चिठी बोकेर जनतालाई सेवा पु¥याउने हुलाक समयअनुकूल अघि बढ्न नसकेको हो । १० वर्ष अन्तरालमा तीव्र विकास भएको सञ्चार क्षेत्रमा प्रविधि भिœयाउन नसक्दा हुलाक सेवाप्रतिको दृष्टिकोण नै गलत हुँदै गएको जिल्ला हुलाकका कर्मचारी पुष्प रिजालको भनाइ छ ।

विगतमा सेवाग्राहीको भीड लाग्ने हुलाक पछिल्लो समय थला पर्दै गएको छ । साबिकका ६२ वटै गाविसमा हुलाकी चिठीपत्र, पत्रपत्रिकालगायत कागजातबाट सूचना आदानप्रदान हुन्थ्यो । तर, जिल्ला हुलाकमै पनि ६ वर्षदेखि धनादेश सेवाका लागि कोही नआएको जनाइएको छ । लामो समयदेखि चिठीपत्र आदानप्रदानमा कमी आएको प्रधानको भनाइ छ । उनका अनुसार हाल सरकारी चिठी, व्यक्तिगत पार्सल, सामान्य सामान, वस्तु र पत्रपत्रिका आदानप्रदानबाहेक अन्य सेवा सञ्चालनमा छैनन् ।

जिल्ला हुलाकले ग्रामीण भेगका ससाना पुँजी संकलन गरी हुलाक बचत बैंक सेवा सञ्चालनमा ल्याएको छ । सर्वसाधारणका लागि ६ प्रतिशत र ७० वर्षभन्दा माथि ज्येष्ठ नागरिकका लागि ७ प्रतिशत ब्याजदरमा खाता सञ्चालन गर्न पाउने व्यवस्था राखिएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.