भारत लाँदै गरेका १६ बालकको उद्धार
खजुरा (बाँके) : जोखिमपूर्ण रुपमा भारतका विभिन्न ठाउँ लान लागिएका १६ बालकको उद्धार गरिएको छ। नेपालगञ्ज जमुनाहा नाकामा भारतीय सीमा सुरक्षा बल एसएसबीले बिहीबार साँझ ती बालकलाई उद्धार गरी बाँके प्रहरीको जिम्मा लगाइएको हो।
रोजगारीका लागि उत्तराखण्ड लगिरहेको अवस्थामा चेकजाँचका क्रममा थाहा पाएर उनीहरुलाई उद्धार गरिएको बलको भनाई छ। यसैगरी, मानव तस्करीको आरोपमा एसएसबीले ६ जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा कृष्णबहादुर नेपाली, अम्बरलाल, चेतबहादुर, तुलबहादुर, मानबहादुर र लल्लु विक छन्। पक्राउ गरिएका सबैलाई आवश्यक कारबाहीका लागि बाँके प्रहरीलाई बुझाइएको छ। रासस