'देशलाई भ्रष्टाचारको महारोगले गाँज्यो, उपचार खोजौँ'

'देशलाई भ्रष्टाचारको महारोगले गाँज्यो, उपचार खोजौँ'

बर्दिबास: देशलाई भ्रष्टाचारको महारोगले गाँजेकाले विकासमा पछाडि परेको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ ले बताएका छन् । बर्दिबास नगरपालिकाको दोस्रो नगरसभाबाट पारित आर्थिक वर्ष २०७५/०७६ को नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गर्दै नेता प्रकाशले यस्तो बताएका हुन् ।

राजनितिक र समाजिक शक्तिहरुसँग सरकार विकास र समृद्धिका लागि हातोमालो गर्न सबै बाधा विरोध छिचोल्न तयार रहेको उनले जिकिर गरे । ‘समृद्ध नेपाल बनाउन भ्रष्टाचार जस्तो महारोगलाई उपचार गर्नु पर्छ,’ नेता श्रेष्ठले भने, ‘भ्रष्टाचार महारोग फलामे ढोका जस्तै छ । भ्रष्ट्राचार नियन्त्रण नभए देशको समृद्धिको यात्राबीचमै तुहिन्छ ।’ समृद्धिको नारा व्यवहारमा लागू गर्न सरकारले सक्नुपर्नेमा उनले जोड दिए ।

दलाद, पुँजीवादी र बाह्य शक्तिले देशमा अझै पनि अस्थितरता ल्याउन खोजेको उल्लेख गर्दै उनले थपें,‘नेपाली जनताले हामीलाई दिएको विश्वासलाई घात हुन्न दिन्नौं ।’अहंकार, खुट्टा तान्ने प्रवृत्ति, अस्वस्थ्य होडबाडीले देश विकास नहुने उनले औंल्याए ।

‘विकास र यात्रामा खुट्टा तान्ने चलने समृद्धि र विकासको यात्रा पुरा हुँदैन,’ नेपाली कांग्रेसलाई इंगित गर्दै, उनले भने, ‘चुनाव जित्नेका लागि सरकारले गर्ने विकास मात्रै होइन, । विपक्षीको लागि पनि सरकारले विकासको काम गर्छ । त्यसो भए सरकारको कदममा बाधा र विरोध किन ?’ 

राम्रो काममा विपक्षीले समर्थन गर्नुपर्ने बताउँदै उनले आर्थिक समृद्धि र समाजिक न्याय सबैको पहुँचमा पुर्‍याएर राजनीतिक रुपान्तरणको औचित्य पुष्टि गर्नु आजको आवश्यकता रहेको औंल्याए ।



 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.