जलवीरे पहिरो पन्छाएपछि : नारायणगढ-मुग्लिन सडक खुल्यो

जलवीरे पहिरो पन्छाएपछि : नारायणगढ-मुग्लिन सडक खुल्यो

चितवन : नारायणगढ–मुग्लिन सडकखण्डको जलवीरेमा शुक्रबार दिउँसो खसेको पहिरो पन्छाएपछि सडक सञ्चालनमा आएको छ । 

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार पहिरो पन्छाएपछि साँझ सडक सञ्चालनमा आएको हो । इच्छाकामना गाउँपालिका वडा ६ जलवीरेमा दिउँसो ३ः४५ बजे पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो । 

ढकालका अनुसार दुईतिरबाट दुई डोजर प्रयोग गरेर पहिरो पन्छाइएको हो । पहिरो पन्छाइएसँगै रोकिएका सवारी साधन सञ्चालनमा आएका छन् । पानी पर्न रोकिएसँगै पहिरो पन्छाउन सहज बनेको उनको भनाइ छ।

सो सडक विस्तारको काम अन्तिम चरणमा पुगेकाले भित्तो काटेका ठाउँमा समयसमयमा पहिरो जाने समस्या देखिएको छ ।  रासस 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.