ग्रामीण क्षेत्रमा बैंकका शाखा विस्तार

ग्रामीण क्षेत्रमा बैंकका शाखा विस्तार

ताप्लेजुङ : ताप्लेजुङको आठराई–त्रिवेणी गाउँपालिका–३ हाङपाङका पूर्ण लिम्बूले आफ्नै गाउँमा बैंक स्थापना होला भनेर सोचेका थिएनन्।

मुलुक संघीय संरचनामा गएपछि सदरमुकामबाट हुने सबै काम गाउँबाटै हुन थालेको छ। जनप्रतिनिधि आएपछि सार्वजनिक सेवा गाउँबाटै पाए पनि दुई वर्षसम्म बैंकिङ कारोबार गर्न सदरमुकाम पुग्नुपर्दा वास्तविक रूपमा संघीयताको अनुभूति गर्न नसकेका लिम्बूलाई यही हप्ता गाउँमै राष्ट्रिय वाणिज्य बैंकले सेवा प्रवाह गर्न थालेपछि भने खुसी लागेको छ। ‘अब चाहिँ गाउँमै सिंहदरबार आएजस्तो लाग्यो’, ६७ वर्षीय लिम्बूले भने, ‘बुढेसकालमा भए पनि गाउँमा सबै अफिसहरू खुलेको देख्न पाएँ।’ सिदिङ्वा गाउँपालिका–४ का हर्कबहादुर पन्धाकलाई पनि बैंकिङ करोबार गर्न सदरमुकाम फुङलिङ धाउनुपर्ने बाध्यता हटेको छ।

‘अब एक दिन लगाएर बैंक जानुपर्ने बाध्यता हट्यो’, लिम्बूले भने, ‘गाउँपालिकाको केन्द्र साब्लाखुमै बैंक खुलेपछि हामी ग्रामीण भेगका नागरिकलाई सहज भएको छ।’ स–सानादेखि ठूला योजना सञ्चालनका लागि अनिवार्य बैंक खाता खोल्नुपर्छ। खाता खोल्न उपभोक्ता समितिका तीन जना पदाधिकारी स्वयं उपस्थित हुनुपर्छ। वित्तीय संस्था खुलेसँगै सेवा प्रवाह गर्नसमेत सजिलो हुने जनप्रतिनिधिको भनाइ छ। गाउँपालिकामा बैंकको शाखा खुलेपछि आगामी दिनमा योजना सञ्चालन गर्न पनि धेरै सजिलो हुने पाथीभरा–याङ्वरक गाउँपालिका–४ का वडाध्यक्ष चन्द्रमान खोयाहाङ बताउँछन्।

‘उपभोक्त समितिका पदाधिकारीलाई सदरमुकाम धाएर काम गर्न निकै कठिन थियो, खाता खोल्न गयो, बजारमा खान बस्न प¥यो, खर्च पनि उत्तिकै हुन्थ्यो’, खोयाहाङले भने, ‘अब समय र लागत दुवैको बचत हुने भयो।’ आठ गाउँपालिका रहेको जिल्लाका चारवटामा बैंकिङ सेवा पुगेको छ। सन्राइजले मैवाखोलामा, वाणिज्यले आठराई–त्रिवेणीमा तथा लक्ष्मी बैंकले सिदिङ्वा र पाथीभरा–याङवरकमा शाखा खोलेका हुन्। सिरिजंगा र फक्ताङलुङ गाउँपालिकामा तत्काल जाने तयारीमा छन्।

सिरिजंगामा नेपाल बैंक र फक्ताङलुङमा जनता बैंकले जाने तयारी अन्तिम चरणमा पुगेको बताएका छन्। वर्षा रोकिएलगत्तै आफूहरू गाउँपालिका जाने जनता बैंक ताप्लेजुङका शाखा प्रबन्धक जीवन अधिकारीले बताए। ‘बैंकको व्यवस्थापनका लागि आवश्यक अधिकांश सामान यसअघि नै गाउँसम्म पु¥याइसकेका छौं, पानी परेर बाटो बिग्रेकाले केही सामान रोकिएको छ’, अधिकारीले भने, ‘सडक सुचारु हुनासाथ बाँकी सामान लगेर काम सुरु गर्छौं। सिरिजंगामा भने भदौ पहिलो सातासम्म नेपाल बैंकले सेवा सुरु गर्ने गाउँपालिका अध्यक्ष टीका गुरुङले बताए।

मुलुक संघीय संरचनामा गएपछि सदरमुकामबाट हुने सबै काम गाउँबाटै हुन थालेको छ।

मेरिङदेन र मैवाखोला गाउँपालिकामा भने कहिलेसम्म बैंक सञ्चालन हुने टुंगो लागिसकेको छैन। बैंकका लागि संरचना नभएकाले अनिश्चित भएको मेरिङदेन गाउँपालिका प्रमुख गणेश लिम्बूको भनाइ छ। ‘बैंकका लागि आवश्यक सुरक्षा र भौतिक संरचनाको व्यवस्था छैन’, लिम्बू भन्छन्, ‘गाउँपालिकाको केन्द्रमा प्रहरी चौकी र पक्की भवन नहुँदा ढिलाई भएको हो।’ मेरिङदेनमा एनसीसी बैंक आउने भनेर सम्पर्क गरेको प्रमुख लिम्बूले बताए।

उता मिक्वाखोला गाउँपालिकामा भने प्रहरी चौकी र सडकसमेत नपुग्दा बैंकलाई झनै समस्या छ। अहिलेसम्म कुन बैंक आउने भनेर निश्चित भइनसकेको गाउँपालिका प्रवक्ता दीपेन्द्र लिवाङले बताए। सदरमुकामसमेत रहेको फुङलिङ नगरपालिकामा भने नेपाल बैंक, कृषि विकास बैंक, ग्लोबल आईएमई बैंक, लक्ष्मी बैंक, प्राइम बैंक, सिद्धार्थ बैंक, जनता बैंक, एनएमबी बैंक, सन्राइज बैंक सञ्चालनमा छन्।

क्याप्सन ः ताप्लेजुङको पाथीभरा–याङवरक गाउँपालिकामा सञ्चालनमा आएको लक्ष्मी बैंकको शाखा। अन्नपूर्ण


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.