सगरमाथा क्षेत्र घुम्न आउने पर्यटक बढे

सगरमाथा क्षेत्र घुम्न आउने पर्यटक बढे

 ओखलढुंगा : सगरमाथा क्षेत्रको भ्रमण गर्ने विदेशी तथा स्वदेशी पर्यटकको संख्या बढ्दै गएको छ। सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चेकाअनुसार बर्सेनि यो संख्या बढ्दै गएको हो। निकुञ्जको तथ्यांकमा आर्थिक वर्ष ०७४/०७५ मा ५४ हजार चार सय पाँच पर्यटक सगरमाथा क्षेत्रको भ्रमणमा आएका छन्। यो संख्या अहिलेसम्मकै धेरै हो।

आर्थिक वर्ष ०७३/०७४ को तुलनामा नौ हजार दुई सय ९३ पर्यटक बढी आएका छन्। ४५ हजार ११२ जना पर्यटक मात्र सगरमाथा क्षेत्रमा आएको निकुञ्जका सूचना अधिकारी मानबहादुर खड्काले बताए।

आर्थिक वर्ष ०७२/०७३ मा २६ हजार आठ सय १७ जनाले मात्र सगरमाथा क्षेत्रको भ्रमण गरे। सगरमाथा क्षेत्रको प्राकृतिक सुन्दरतासँग रम्ने पर्यटकको संख्या हरेक वर्ष बढ्दै गएको तथ्यांकले देखाएको छ। सगरमाथा क्षेत्रमा हिमालको अवलोकन, साहसिक खेल, हिमालको आरोहण तथा विभिन्न वन्यजन्तुको अवलोकनमा पर्यटक आउने गरेका छन्। विभिन्न चलचित्रको छायांकन, अनुसन्धानलगायत विषय लिएर समेत सगरमाथा क्षेत्रमा पर्यटकहरू आउने गरेको पर्यटक प्रहरी कार्यालय लुक्लाले जनाएको छ।

सगरमाथा क्षेत्रमा प्रत्येक वर्ष पर्यटकको संख्या बढ्न थालेपछि खुम्बु क्षेत्रका होटल व्यवसायी पनि खुसी छन्। सगरमाथा उच्च हिमाली क्षेत्रमा रहेकाले नियमित पर्यटक आउन सक्ने वातावरण तयार हुनु पर्नेे नाम्चे होटल व्यवसायी संघका अध्यक्ष ङाताङ शेर्पाले बताए। पर्यटकको आगमनलाई निरन्तरता दिन हवाईका अतिरिक्त सडक मार्ग व्यवस्थित गर्नु पर्ने उनले सुझाव दिए। यस वर्षको पर्यटकीय सिजन गत जेठबाट सकिएकाले सगरमाथा क्षेत्रका अधिकांश होटल बन्द भइसकेका छन्। असोजपछि फेरि यो क्षेत्रमा चहलपहल बढ्न थाल्छ।


चलचित्रको छायांकन, अनुसन्धानलगायत विषय लिएर सगरमाथा क्षेत्र आउने पर्यटक बढ्दै गएका छन्।

यसैबीच सगरमाथा राष्ट्रिय निकुञ्जले गत आर्थिक वर्षमा वन्यजन्तुबाट घरपालुवा जनावरमा पुराएको क्षतिबापत ६२ जनालाई २४ लाख ४५ हजार रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराएको छ। हिउँचितुवा, ब्वाँसो र चितुवाबाट मारिएका ८२ वटा घरपालुवा जनावरबापतको क्षतिपूर्ति रकम वितरण गरिएको सगरमाथा राष्ट्रिय निकुञ्जका सूचना अधिकारी मानबहादुर खड्काले बताए। क्षति गर्ने वन्यजन्तुमा सबैभन्दा बढी ब्वाँसोले ६१ वटा घरपालुवा जनावर मारेको थियो।

वन्यजन्तुबाट भएको क्षतिबापत क्षतिपूर्ति पाएपछि स्थानीय खुसी छन्। निकुञ्ज आसपास वन्यजन्तुको आक्रमणबाट ६५ चौंरी, सात गाई, सात गोरु र तीनवटा घोडा मारिएका थिए। वन्यजन्तुबाट बढी प्रभावित क्षेत्रका सातजना छात्रछात्रालाई १२ लाख रुपैयाँ छात्रवृत्ति समेत प्रदान गरिएको जनाइएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.