तराईमा बढी अपराध

तराईमा बढी अपराध

विराटनगर : प्रदेश १ का पहाडी जिल्लाका तुलनामा तराईमा बढी आपराधिक घटना हुने गरेको पाइएको छ। प्रहरीले सार्वजनिक गरेको एक वर्षको तथ्यांकअनुसार तराईका जिल्ला झापा, मोरङ र सुनसरीमा आपराधिक घटना बढी भएका छन्।

आर्थिक वर्ष २०७४र/७५ मा प्रदेश १ मा ७ हजार ६ सय ९१ आपराधिक घटना भएका छन्। प्रदेश प्रहरी प्रमुख डीआईजी केदार रिजालका अनुसार एक वर्षमा भएका आपराधिक घटनामध्ये ४ हजार १ सय ५९ वटा फछ्र्योट भएका छन्। ३ हजार ५ सय ३२ वटा घटना मिल्न बाँकी रहेको र ती घटनाको अनुसन्धान जारी रहेको प्रदेश १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ।

तराईका जिल्लामा पनि सबैभन्दा बढी आपराधिक घटना सुनसरीमा भएको पाइएको छ। सुनसरीमा १ हजार ९ सय ९० वटा आपराधिक घटना भएको तथ्यांकले देखाएको छ। मोरङमा १ हजार ६ सय ३७ र झापामा १ हजार ६ सय ८७ वटा अपराधका घटना भएका छन्। पहाडी जिल्लामा सबैभन्दा थोरै तेह्रथुममा १ सयवटा आपराधिक घटना भएको प्रहरीको तथ्यांकमा उल्लेख छ। इलाममा ३ सय ४२, पाँचथरमा २ सय ८१, ताप्लेजुङमा १ सय ६७, धनकुटामा १ सय ४७, तेह्रथुममा १ सय, भोजपुरमा १ सय ६६, संखुवासभामा २ सय १८, उदयपुरमा ५ सय ३५, खोटाङमा १ सय ६०, ओखलढुंगामा १ सय ३० र सोलुखुम्बुमा १ सय ३१ वटा आपराधिक घटना भएको प्रहरीले जनाएको छ।

डीआईजी रिजालका अनुसार बढ्दो सहरीकरण, मादक पदार्थ सेवन, विभिन्न अवैध धन्दा, भारतसँगको खुला सिमाना, बढ्दो जनसंख्या, औद्योगिकीकरण, बेरोजगारी समस्या, आपराधिक समूहको चलखेलले गर्दा तराईका जिल्लामा आपराधिक घटना बढी हुने गरेको हो। ‘पहाडभन्दा तराईमा बढी आर्थिक कारोबार हुने गरेकाले पनि अपराध बढेको देखिन्छ’, उनले भने, ‘पहाडभन्दा तराईमा अपराधमा संलग्न विभिन्न समूहको चलखेल बढी देखिएको छ।’ उनका अनुसार लागूऔषधको दुव्र्यसनमा फसेका पनि तराईमा बढी छन्। त्यसले पनि अपराधलाई बढावा दिने गरेको जनाइएको छ।

प्रहरीका अनुसार प्रदेश १ मा गत आवमा सबैभन्दा बढी असारमा १ हजार १ सय ३६ वटा आपराधिक घटना भएका छन्। सबैभन्दा कम पुसमा ५ सय नौवटा घटना भएको जनाइएको छ। त्यस्तै, साउनमा ५ सय ७७, भदौमा ६ सय, असोजमा ५ सय ९४, कात्तिकमा ५ सय ४५, मंसिरमा ५ सय ५२, पुसमा ५ सय नौ, माघमा ५ सय ३७, फागुनमा ६ सय ६७, चैतमा ६ सय ९४, वैशाखमा ६ सय ८९, जेठमा ८ सय ५० र असारमा १ हजार १ सय ३६ वटा आपराधिक घटना भएका छन्।

चैतदेखि असारसम्म चार महिनामा मात्र प्रदेशभरिमा ३६ वटा हत्याका घटना भएका छन्। ६२ वटा ज्यान मार्ने उद्योग, सात अपहरण, १६ हातहतियार खरखजाना, लागुऔषध सम्बन्धी २ सय ५४, नौ वटा बम विस्फोट, १ सय ५३ वटा जबर्जस्ती करणी, ८३ करणी उद्योग र २८ मानव बेचबिखनसम्बन्धी घटना भएको प्रहरीले जनाएको छ।

निगरानीमा १३३ गुन्डा, १४३ पक्राउ

प्रहरीले गुण्डागर्दीमा संलग्न १ सय ३३ जनामाथि निगरानी बढाएको छ। ‘असुली, धाकधम्की र गुन्डागर्दीमा संलग्नको सबै विवरण संकलन गरेर राखिएको छ’, उनले भने, ‘उनीहरूमाथि निगरानी बढाएर गुन्डागर्दीमा संलग्नका पछिल्ला गतिविधिबारे जानकारी राख्ने काम थालिएको छ।’ समाजमा अशान्ति फैलाउने र गुन्डागर्दीका माध्यमबाट अपराध गर्ने जोकोहीलाई पनि तत्काल नियन्त्रणमा लिई कारबाही अघि बढाउन निगरानी थालिएको उनको भनाइ छ। ‘उनीहरूको पृष्ठभूमिबारे पनि रेकर्ड राखिएको छ। गुन्डागर्दीमा संलग्नको जिल्लागत प्रोफाइल पनि तयार पारिएको छ’, उनले भने। प्रहरीले ‘क’, ‘ख’ र ‘ग’ गरेर उनीहरूको वर्गीकरण गरिएको जनाए पनि नाम र ठेगाना भने खुलाएको छैन। ‘को कस्ता विगत भएका गुन्डा हुन् भन्ने सबै जानकारी प्रहरीमा छ। राजनीतिक संरक्षणका आधारमा पनि गुन्डागर्दी हुने गरेको छ’, उनले भने, ‘वर्गीकरण र स्तरीकरणकै आधारमा उनीहरूमाथि प्रहरीले निगरानी बढाएको छ।’ प्रहरीका अनुसार प्रदेश १ मा ‘क’ श्रेणीका १२, ‘ख’ श्रेणीका २० र ‘ग’ श्रेणीका १ सय एक जना गुन्डामाथि निगरानी बढाइएको छ। आपराधिक गतिविधि गर्ने बढी सम्भावना रहेकालाई उनीहरूको विगत हेरेर ‘क’, मध्यम खालका गतिविधि गर्नेलाई ‘ख’ र टोले गुन्डालाई ‘ग’ श्रेणीमा राखिएको प्रहरीले जनाएको छ।

एक वर्षमा प्रहरीले गुन्डागर्दीमा संलग्न १ सय ४३ जनालाई पक्राउ गरेर कारबाही अघि बढाएको जनाइएको छ। प्रहरीले गुन्डागर्दीमा संलग्नलाई पक्राउ गरी सार्वजनिक अपराध ऐनअन्तर्गतको मुद्दा चलाउने गरेको छ।

 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.