उपचारका क्रममा कैदीको मृत्यु

उपचारका क्रममा कैदीको मृत्यु

विराटनगर : कर्तव्य ज्यान मुद्दामा जिल्ला कारागार मोरङमा कैद सजाय भुक्तान गरिरहेका एक कैदीको शनिबार मृत्यु भएको छ। 

मोरङको सुन्दरहरैंचा नगरपालिका ३ का ४४ वर्षीय प्रदिप उरावको मृत्यु भएको कारागारले जनाएको छ। दमको समस्या रहेका उनलाई शुक्रबार कोसी अञ्चल अस्पताल विराटनगरमा उपचारका लागि भर्ना गरिएको थियो। 

उनले लामो समयदेखि दमको औषधि सेवन गर्दै आएको जानकारी कारागारले दिएको छ। उराव २०७३ साल साउन ९ गतेदेखि कारागारमा कैद सजाय भुक्तान गर्दै थिए।

  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.