नक्कली छाडेर सक्कली सिक्री निलेपछि ..

नक्कली छाडेर सक्कली सिक्री निलेपछि ..

विराटनगर : विराटनगरको जलजला चोकमा रहेको राठी सुनचाँदी पसलमा शुक्रबार साँझ सुनसरीको इटहरी उपमहानगरपालिका २ का ३१ वर्षीय सुजन नेपाल सुनको सिक्री किन्न भन्दै पुगे। 

अरुणकुमार राठीले संचालन गरेको सुनचाँदी पसलमा पुगेर उनले सवा तोलाको सुनको सिक्री मागे। राठीले सुनको सिक्री दिएपछि ‘चेन्जिङ रुम’मा छिरेर सिक्री लगाएर बाहिर निस्किए। तत्काल आफूसँग पैसा नभएको भन्दै पछि आएर किन्ने भनेर सिक्री फिर्ता दिए। तर नेपालले फिर्ता दिएको सिक्री नक्कली भएको पसल संचालकले थाहा पाए। 

त्यसपछि पसल संचालकले आफूले दिएको सक्कली सिक्री फिर्ता गर्न बारम्बार आग्रह गरे। उनले आफूलाई दिएको सिक्री त्यही नै भएको भन्दै जिद्धी गरिरहे। शरीरका सबै ठाउँमा खानतलासी गर्दा पनि सिक्री फेला परेन। पछि पसलले प्रहरीलाई खवर गर्‍यो। प्रहरीले नेपाललाई पक्राउ गरेर विराटनगरको कोसी अञ्चल अस्पताल पु¥यायो। वडा प्रहरी कार्यालय विराटनगरका प्रहरी निरीक्षक प्रमोद कुर्मीका अनुसार अस्पतालमा लगेर एक्सरे गर्दा नेपालको पेट भित्र सुनको सिक्री रहेको पुष्टि भयो। 

‘पेटको एक्सरे गर्दा सुनको सक्कली सिक्री निलेर आफूसँग भएको नक्कली सिक्री पसल संचालकलाई फिर्ता गरेको पुष्टि भयो,’ कुर्मीले भने, ‘त्यसपछि प्रहरी निगरानीमा नेपाललाई अस्पतालमै राखिएको छ।’ 

सक्कली सिक्री निलेपछि नक्कली सिक्री छाडेर नेपालले भाग्ने योजना बनाएका थिए। पसल संचालकले थाहा पाएपछि उक्त योजना असफल भएको प्रहरीको भनाइ छ। दिसाका माध्यमबाट सिक्री निकाल्ने गरी उनलाई प्रहरी र चिकित्सकको निगरानीमा अस्पतालमै राखिएको कुर्मीले बताए। 

चिकित्सकले नेपाललाई चाँडो दिसा लगाउने ल्याक्टोलोज नामक औषधि दिएका छन्। अस्पतालका चिकित्सक पुरनचन साहका अनुसार दिनमा तीन पटक उक्त औषधि खुवाउनु पर्छ। डा. साहले भने, ‘मलद्वारबाट दिसाका माध्यमबाट सिक्री निस्कन तीन दिनसम्म लाग्न सक्छ।’ तीन दिनसम्म पनि नभए शल्यक्रिया गरेर निकाल्नु पर्ने साहले बताए। प्रहरीका अनुसार अस्पतालमा लगिएका नेपालले भने शनिबार साँझ सम्ममा एक पटक पनि दिसा गरेका छैनन्।
  
राठीले सिक्री नक्कली भएको कुरा थाहा नभएको भए सिक्री नै माया मार्नु पर्ने अवस्था आएको बताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.