मुस्लिमको मदरसामा अंग्रेजी पढ्छन् हिन्दू विद्यार्थी

मुस्लिमको मदरसामा अंग्रेजी पढ्छन् हिन्दू विद्यार्थी

विराटनगर  : सीमा यादव र उनको परिवार हिन्दू हो । धार्मिक मान्यतामा कट्टर उनी धर्मकर्मका नियम कडिकडाउ साथ पालन गर्छिन् । तर, हिन्दू यादव परिवारले आफ्ना सन्तान पढाउन भने मुस्लिम धर्मावलम्बीको मदरसा रोजेको छ ।

मदरसा भन्नासाथ उर्दू भाषा, कुरान र मुस्लिम धार्मिक विषय पढाइ हुने पाठशालाका रूपमा बुझिन्छ । छोराछोरी मदरसामै किन पठाउनु भएको त ? ‘पढाइ र त्यहाँको सुविधा हिन्दूका लागि पनि उत्तिकै दिइएको रहेछ’, सीमाले भनिन्, ‘ज्ञान आर्जन गर्न यो वा त्यो धार्मिक संघसंस्था भनेर नहुने रहेछ । सन्तानको भविष्यका लागि जहाँ राम्रो पढाइ हुन्छ, त्यहीं पठाउने हो ।’ उनका छोरा यही वर्ष मदरसाको नर्सरी कक्षामा भर्ना भएका छन् ।

नजिकैको मदरसाले विद्यार्थी ओसार्न बस सेवासँगै निजी विद्यालयकै जस्तो गुणस्तरमा निःशुल्क पठनपाठनको पनि व्यवस्था गरेको छ । यसबाट हिन्दू परिवारका अभिभावक पनि मदरसामा आकर्षित भएका हुन् ।

अर्का अभिभावक पवन यादव भन्छन्, ‘बाहिर मदरसामा कुरान मात्र पढाइ हुन्छ भन्ने धेरैको सोचाइ हुन्छ तर यहाँ त बोर्डिङ र सामुदायिक विद्यालयकै जस्तो राम्रो पढाइ रहेछ ।’ निःशुल्क र राम्रो पढाइ हुने देखेरै आफ्ना दुई सन्तानलाई मदरसामा भर्ना गरिदिएको उनले बताए ।

विराटनगर–१३ स्थित ताजुल इस्लाम निम्न माध्यमिक विद्यालय (मदरसा) मा एकसय ७५ मध्ये ५६ जना हिन्दू विद्यार्थी पढ्छन् । मदरसाका प्रधानाध्यापक मौलाना समसुल हक भन्छन्, ‘हामीले यो वा त्यो धर्म भनेर भेदभाव गरेका छैनौं । अन्तरधार्मिक समुदायमा सद्भाव र समानताका लागि सबैलाई भर्ना लिएका छौं ।’

उनले नर्ससीदेखि कक्षा ८ सम्म अध्यापन हुने मदरसामा निःशुल्क अंग्रेजी माध्यममा पढाउने व्यवस्था गरिएको जानकारी दिए । २०३८ सालमा स्थापना भएको यो मदरसा गत वैशाख ६ गते नमूना मदरसा घोषित भएको थियो । त्यहाँ हिन्दू र मुस्लिम विद्यार्थीलाई अंग्रेजी माध्यममा नेपाली पाठ्यक्रमअनुसार अध्यापन गर्ने प्रबन्ध गरिएको छ । मदरसाले मुस्लिम विद्यार्थीलाई अरबी, उर्दू र कुरान छुट्टै अध्यापन गराउने व्यवस्था मिलाएको छ ।

लामो समयदेखि संचालनमा रहेको सो संस्थामा निःशुल्क अध्यापनको व्यवस्था भए पनि भौतिक संरचनाको भने अभाव रहेको जनाइएको छ ।

प्राधानाध्यापक हकले भने, ‘धार्मिक अन्तर्घुलनका लागि पनि हामीले गरेको यो प्रयास सह्रानीय छ भनेर सबैतिरबाट प्रशंसा भएको छ । हामीलाई पनि गर्व महसुस हुन्छ ।’

उनले आर्थिक अवस्था कमजोर भएका अभिभावकले मदरसा नै रोज्न थालेकाले विद्यार्थीको चाप बर्सेनि बढ्दै गएको जानकारी दिए । विद्यार्थी बढेसँगै डेक्स–बेञ्चजस्ता पूर्वाधारको भने समस्या हुन थालेको हक बताउँछन् ।

मदरसाले कक्षाकोठाको अभावमा बरन्डामा नै कतिपय कक्षा संचालन गर्दै आएको छ । प्रअ हकका अनुसार सरोकारवाला संघसंस्थालाई आग्रह गरिए पनि कतैबाट सहयोग भएको छैन ।

मोरङमा दर्ता भएका ५६ मध्ये ५४ वटा मात्र संचालनमा छन् । तीमध्ये पनि ताजुल इस्लाम निम्न माध्यमिक विद्यालय (मदरसा)ले मात्र अंग्रेजी माध्यममा पठनपाठन गराउँदै आएको छ । विद्यार्थीलाई पोशाक र पाठ्यपुस्तक पनि निःशुल्क प्रदान गर्छ । अनुदान र सहयोगले चल्दै आएको मदरसामा १० जना शिक्षक कार्यरत छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.