दुर्घटना रोक्न लुक्लामा माैसमी उपकरण

दुर्घटना रोक्न लुक्लामा माैसमी उपकरण

काठमाडौं : विश्वकै खतराको सूचीमा रहेको तेन्जिङ हिलारी विमानस्थल लुक्लामा दुर्घटना रोक्न मौसमी सूचना उपकरण जडान गरिएको छ। उपकरण जडानले विमानस्थल क्षेत्रमा हावाको चाप र तापक्रमबारे सहज जानकारी प्राप्त हुनेछ।

नेपाल नागरिक उड्डयन प्राधिकरणको तथ्यांकअनुसार यो विमानस्थलमा हालसम्म १० वटा दुर्घटना भइसकेको छ। नेपालमै बढी दुर्घटना हुने विमानस्थल भएकाले यो क्षेत्रमा जोखिम कम गर्न हावाको वेग र दिशाको समेत जानकारी दिने उपकरण जडान गरिएको लुक्ला विमानस्थलका प्रमुख योगेन्द्र कुँवरले बताए। हवाई सुरक्षाका लागि मेसिन जडान महत्वपूर्ण भएकाले दुर्घटनामा कमी आउने उनको भनाइ छ।

दुई हजार सात सय मिटर उचाइमा पर्ने विमानस्थलमा बिहानपख मात्र मौसम सफा हुने भएकाले मध्याह्नपछि उडान हुँदैन। हिमालको ‘हब’ मानिने खुम्बुक्षेत्र प्रवेशको मुख्य र व्यस्त विमानस्थलमा दैनिक ५० वटासम्म उडान हुने गर्छन्। सडक सञ्जालले नजोडेको यस क्षेत्रमा विमानस्थलकै भर पर्नुपर्ने भएकाले लाइभ सीसी क्यामेरा र हटलाइन सूचनाप्रविधिसमेत जडान गरिएको विमानस्थल स्रोतको भनाइ छ।

उपकरण जडानले विमानस्थल क्षेत्रमा हावाको चाप र तापक्रमबारे सहज जानकारी प्राप्त हुनेछ।

प्रविधिले लुक्ला विमानस्थल र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबीच सीधा सम्पर्क गराउनेछ। विमानस्थलमा फ्लाइट राडार २४ का दुई रिसिभरसमेत जडान गरिएको छ। थप तीन रिसिभर जडान गर्ने योजना रहेको र यसले विमानको अवस्थितिबारे जानकारी गराउने कुँवरले बताए। नेपालमा सबैभन्दा बढी नाफा कमाउने विमानस्थल लुक्ला भएकाले सुरक्षित अवतरण गराउन प्राधिकरण लागिपरेको जनाइएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.