फस्टाउँदै घरेलुुुु उद्योग

फस्टाउँदै घरेलुुुु उद्योग

बेसीसहर : लमजुुुुङमा घरेलुुुु तथा साना उद्योगमा आकर्षण बढेको छ। पछिल्ला वर्ष युुुुवा विदेश जान छाडेर गाउँघरमै घरेलुुुु तथा साना उद्योग सञ्चालन गर्न थालेका छन्।

जिल्लाका कृषक र साना उद्यमी निर्वाहमुुुुखी कृषि व्यवसायलाई नाफामुुुुखी र व्यावसायिक बनाउँदै उद्यमतिर लागेका हुुुुन्। कृषि, पशुुुुपालनलगायत अन्य साना तथा कुुुुटिर उद्योग पनि फस्टाउँदै गएका छन्। हालसम्म घरेलुुुु तथा साना उद्योगको संख्या दुुुुई हजार पाँच सय २५ पुुुुगेको छ। कार्यालयमा २०६६/६७ सालयताको तथ्यांक अध्यावधिक छ। त्यसयता हालसम्म सञ्चालनमा रहेका घरेलुुुु र साना उद्योगको संख्या दुुुुई हजार पाँच सय २५ पुुुुगेको कार्यालय प्रमुुुुख लक्ष्मीप्रसाद दाहालले जानकारी दिए।

घरेलुुुु कार्यालयका अनुुुुसार दर्ता भएका अधिकांश उद्योगमध्ये कृषि फर्म, कृषि औजार, ब्युुुुटी पार्लर, पर्यटन, दालमोठ, बेकरी, सिलाइ–कटाइ, कुुुुटानी–पिसानी, अलैंची, बंगुुुुर फार्म, मौरीपालनलगायत छन्। गाउँगाउँमा घरेलुुुु उद्योगका रूपमा उनका राडीपाखी, अल्लोका कपडा उत्पादन भइरहेका छन्।

‘जिल्लामा कृषि फार्म र उत्पादनमूलक उद्योग फस्टाउँदो क्रममा देखिन्छ’, कार्यालयका प्रमुुुुख दाहालले भने, ‘यसले स्थानीयस्तरमै रोजगारी र आम्दानी बढाएको छ।’ दहालका अनुुुुसार उद्योग सञ्चालक र उद्यमीमा ४० वर्ष ननाघेका युुुुवाको संख्या ठूलो छ।

घरेलुुुु उद्योगमा ४५ करोड लगानी

घरेलुुुु तथा साना उद्योगमा बर्सेनि लगानी थपिँदै गर्दा हालसम्म यहाँका उद्योगमा ४५ करोडभन्दा बढी लगानी भएको छ। घरेलुुुु तथा साना उद्योग विकास समितिकाका अनुुुुसार उत्पादनमूलक, सिलाइकटाइ, कृषि औजार, पर्यटन, अलैंचीलगायत उद्योगमा सबैभन्दा धेरै लगानी छ।

दुुुुई दर्जनभन्दा बढी व्यावसायिक अलैंची, पर्यटन र सिलाइकटाइ उद्योग सञ्चालनमा छन्। ती उद्योगमा करिब सात हजारभन्दा बढी महिलाले रोजगारी पाएका छन्। पछिल्लो समय ग्रामीण क्षेत्रदेखि सदरमुुुुकामसम्म खुुुुलेका घरेलुुुु तथा साना उद्योगको उत्पादन र निर्यात समेत बढेको छ। यी उद्योगबाट उत्पादित वस्तुुुुको निर्यातमा वृद्धि भएसँगै लगानीसमेत बढेको लमजुुुुङ उद्योग वाणिज्य संघका अध्यक्ष राजेश थापाले बताए। थापाका अनुुुुसार यस्ता व्यवसायमा महिलाको संलग्नता बढी मात्रामा रहेको र उनीहरूले आफ्नै घरमै बसेर राम्रो आम्दानी गरिरहेका छन्।

वाणिज्यतर्फ पनि उल्लेख्य

घरेलुुुु तथा साना उद्योगसँगै वाणिज्यतर्फको उद्योग दर्ता पनि बढेको छ। घरेलुुुु कार्यालयका अनुुुुसार हालसम्म जिल्लामा दुुुुई हजार आठ सय ३२ वाणिज्यतर्फका उद्योग दर्ता भएका छन्। आर्थिक वर्ष २०७२÷०७३ को एक वर्षको अवधिमा दुुुुई सय ५६ वटा फर्म दर्ता भएका छन्। आव २०७३/०७४ मा दुुुुई सय १० वटा फर्म दर्ता भएको छ।


जिल्लाका कृषक र साना उद्यमी निर्वाहमुुुुखी कृषि व्यवसायलाई नाफामुुुुखी र व्यावसायिक बनाउँदै उद्यमतिर लागेका हुुुुन्।

जिल्लामा सबैभन्दा बढी वाणिज्य फर्म दर्ता भएको घरेलुुुु तथा साना उद्योग कार्यालयले जनाएको छ। किराना पसल सबैभन्दा धेरै दर्ता भएका छन्। यस्तै फेन्सी पसल, भाडा पसलको संख्या पनि बढ्दो रहेको कार्यालयले जनाएको छ। मुुुुख्य बजार बेसीसहर, सुुुुन्दबजार, भोटेवडार, भोर्लेटार र खुुुुदीमा अत्यधिक संख्यामा व्यवसाय तथा पसल सञ्चालनमा आएको कार्यालयको तथ्यांकमा उल्लेख छ। ग्रामीण क्षेत्रका अधिकांश व्यापारीले फर्म दर्ता नगरी व्यापार सञ्चालन गरिरहेकाले यो संख्या अझै बढी हुुुुन सक्ने कार्यालयले जनाएको छ।

एक वर्षमा २६३ नयाँ उद्योग

आव २०७४÷७५ मा दुुुुई सय ६३ वटा घरेलुुुु तथा साना उद्योग खुुुुलेका छन्। विगतका वर्षभन्दा यो वर्ष बढी उद्योग थपिएका हुुुुन्। आर्थिक वर्ष २०७२÷७३ मा जिल्लामा एक सय ५७ वटा उद्योग दर्ता भएका थियो। आवष् २०७३÷७४ मा एक सय ८५ वटा उद्योग दर्ता भएका थिए। योसँगै जिल्लामा घरेलुुुु तथा साना उद्योगको संख्या बढेर दुुुुई हजार पाँच सय २५ पुुुुगेको छ।

थपिँदै व्यावसायिक कृषि फार्म

पछिल्ला वर्षा जिल्लामा व्यावसायिक कृषि फर्म खुुुुल्नेक्रम बढेको छ। सरकारले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर योजना निर्माण गर्न थालेपछि युुुुवापुुुुस्ताको समेत आकर्षण बढ्दो छ। चालुुुु वर्षमा थपिएका धेरै उद्योग कृषिसँग लक्षित छन्। युुुुवा विदेश जान छोडेर गाउँघरमै अलैंची, मौरीपालन, बाख्रापालन, बंगुुुुरपालनका साथै विभिन्न हस्तकलाका उद्योग सञ्चालन गरी आयआर्जनतर्फ लागिरहेका छन। दुुुुई वर्षमा दुुुुई सय ८५ कृषि उद्योग दर्ता भएका छन्।

 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.