बर्खेबाली जोगाउन खेतमै बास

बर्खेबाली जोगाउन खेतमै बास

बैतडी : जिल्लाको सुर्नया गाउँपालिका–६ शंकरपुरका भवानीदत्त अवस्थी खेतमा छरेको मकै जोगाउन रातभरि जाग्राम बस्ने गर्छन् । बारीमा लगाएको मकै बँदेलले नष्ट गर्न थालेपछि बारीछेउमै टहरा बनाएर उनले पहरा दिइरहेका हुन् ।

पहरा दिए पनि बँदेलले मकैबाली नष्ट गर्न छाडेको छैन । राति टहरामा सुतेको मौका छोपेर बँदेलले मकैबाली नष्ट गर्ने गरेको किसानले बताएका छन् । अवस्थीले भने, ‘मकैबाली जोगाउन रातभर पहरा दिए पनि सकिएको छैन । दिनदिनै बथानमा आउने जंगली बँदेलले मकैबाली नष्ट गरिसके । यस वर्ष भोकमरी हुने चिन्ताले सताएको छ ।’

जिल्लाका अधिकांश ठाउँमा बँदेलले मकैबाली नष्ट गर्न थालेपछि किसानमा भोकमरी हुने चिन्ताले सताएको छ । पुरचौडी नगरपालिकाका पनि धेरै स्थानमा बँदेलले मकैबाली नष्ट गरेको स्थानीय लालबहादुर भण्डारीले बताए ।

जिल्लाका अधिकांश लेकाली क्षेत्रमा लगाएको मकैबाली बँदेलले नष्ट गरिसकेको छ । मकैको घोगा लाग्ने बेलादेखि नै बँदेलले नष्ट गर्न थालेको सुर्नया–४ का किसान कालु चन्दले बताए । उनले भने, ‘दिउँसो बाँदरबाट मकै जोगाउन सकस छ भने राति दुम्सी र बँदेलले मकैबाली नष्ट गर्ने गरेको छ । टहरो बनाएर मकै जोगाउन पहरा दिइरहेका छौं, तैपनि बथानमा आउने बँदेलले मकैबाली नष्ट गर्न छाडेको छैन ।’

जिल्लाको तल्लोसोराड क्षेत्रका अधिकांश स्थानमा बँदेलले मकैबाली नष्ट गरेको शिवनाथ गाउँपालिकाका गम्भीर दयालले बताए । उनले भने, ‘बारीमा लगाएको सबै मकै बँदेलले नष्ट गरिसकेको छ । कसरी घरपरिवार पाल्ने भन्ने चिन्ता छ ।’

बैतडीमा मकै मुख्य खाद्य बालीका रूपमा रहे पनि पछिल्ला केही वर्षयता बँदेलले लगातार नष्ट गर्न थालेपछि किसान हैरान भएका छन् । जंगली जनावरको बासस्थान लगातार रुपमा नष्ट हुन थालेपछि जंगली जनावर बारीमा पस्न थालेको वनअधिकारकर्मीले बताएका छन् ।

जिल्लामा १४ हजार ९ सय हेक्टर क्षेत्रफल जमिनमा मकैखेती गरिँदै आएको छ । लगातार बँदेलले मकैबाली नष्ट गर्न थालेपछि पछिल्ला केही वर्षयता मकैबाली उत्पादनमा कमी आउन थालेको जिल्ला कृषि विकास कार्यालयका योजना अधिकृत कर्णबहादुर चन्दले बताए । उनले भने, ‘जिल्लाका विभिन्न स्थानमा बँदेलले मकैबाली नष्ट गरेको खबर आएको छ । तर, किसानलाई उचित क्षतिपूर्ति दिन सकिएको छैन ।’

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.