डेमोक्रेटिक लयर्स एसोसियसनको अध्यक्षमा योगेन्द्रबहादुर अधिकारी

डेमोक्रेटिक लयर्स एसोसियसनको अध्यक्षमा योगेन्द्रबहादुर अधिकारी

नवलपुर : डेमोक्रेटिक लयर्स एसोसियसनको अध्यक्षमा योगेन्द्रबहादुर अधिकारी निर्वाचित भएका छन्। प्रदेश ४ को नवलपुरस्थित गैँडाकोटमा सोमबार सम्पन्न महाधिवेशनबाट अधिवक्ता अधिकारी अध्यक्षमा निर्वाचित भएका हुन्।

अधिकारी ४३२ मत प्राप्त गरी अध्यक्ष निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी अधिवक्ता सीताराम केसीले ३३४ मत प्राप्त गरे। अध्यक्षका अर्का उम्मेदवार वरिष्ठ अधिवक्ता रामकुमार श्रेष्ठले जम्मा ४२ मत पाए।

नेपाली कांग्रेसनिकट अधिवक्ताहरूको राष्ट्रिय संगठन डेमेक्र्याटिक लयर्स एसोसियसनको महाधिवेशनले पदाधिकारीसहित ४३ सदस्यीय केन्द्रीय कार्यसमिति निर्वाचित गरेको हो।

एसोसियसनको महासचिवमा अधिवक्ता लक्ष्मीदेवी रावल २३५ मत प्राप्त गरी निर्वाचित भइन्। उनका निकटतम प्रतिद्वन्द्वी अधिवक्ता कृष्ण घिमिरे भूषणले २०८ मत प्राप्त गरे। वरिष्ठ उपाध्यक्षमा ४३२ मत प्राप्त गरी सुरेश पौडेल निर्वाचित भए। महिला उपाध्यक्षमा वरिष्ठ अधिवक्ता डा. सुस्मा बराल बास्कोटा निर्विरोध निर्वाचित भएकी छन्।  

विष्णु बस्याल सचिव र दुर्गा खतिवडा कोषाध्यक्ष निर्वाचित भए। प्रदेश नम्बर ३ को उपाध्यक्षमा अधिवक्ता राजु कट्वाल २०८ मतसहित निर्वाचित भए। खुला सचिवमा खड्गबहादुर बुढाथोकी निर्वाचित भएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.