माइक्रो र ट्रक ठोक्‍किँदा एकको मृत्यु, १५ घाइते

माइक्रो र ट्रक ठोक्‍किँदा एकको मृत्यु, १५ घाइते

तनहुँ :  माइक्रोबस र ट्रक ठोक्‍क‍िँदा सोमबार बिहान तनहुँमा एक युवतीको मृत्यु भएको छ भने १५ यात्रु घाइते भएका छन्। मृत्यु हुनेमा भोजपुर जिल्ला बोक्सिङ नगरपालिका घर भएकी १९ वर्षीया सविना राई भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। 

दुर्घटनामा परी सख्त घाइते भएकी राईको उपचारको क्रममा पोखरास्थित मणिपाल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।  पोखराबाट काठमाडौँ जाँदै गरेको बा २ ख ११३८ नम्बरको माइक्रो बस र विपरीत दिशाबाट आइरहेको बा ४ ख ११२४ नम्बरको ट्रक पृथ्वीराजमार्ग सडकअन्र्तगत व्यास नगरपालिका-१२ छिर्कनेमा दुर्घटना भएको हो।

दुर्घटनामा सख्त घाइते भएका तीनजनाको पोखरास्थित मेट्रो सिटी अस्पतालमा उपचार भैरहेको छ भने १२ जनाको दमौलीस्थित रत्नहरी मेमोरियल अस्पतालमा उपचार भैरहेको छ। रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.