जोशीको बारेमा निर्णय लिन सुनुवाई समितिको बैठक
काठमाडौं :प्रस्तावित प्रधानन्यायाधीश दिपकराज जोशीको विषयमा टुंगो लगाउन संसदीय सुनुवाई समितिको बैठक सुरुवात भएको छ ।आजै जोशी सम्बन्ध निर्णय गर्ने भन्दै बैठक सुरुवात भएको हो ।
शैक्षिक प्रमाणपत्र र जोशीले विगतमा गरेका फैसलाहरुमा आएको विवादका कारण यसअघि दुईपटक संसदीय सुनुवाई स्थगित भएको छ । नेपाल कम्युनिष्ट पार्टीले प्रस्तावित प्रधानन्यायाधीश जोशीलाई स्वविवेक प्रयोग गरी निकास दिन सल्लाह दिएको छ।तर उनले अहिलेसम्म कुनै निकास दिएका छैनन् ।
१५ सदस्यीय संसदीय सुनुवाई समितिमा नेकपाका ९ र संघीय समाजवादी फोरम १ गरी १० जना सत्तापक्षीय सांसद छन् ।