चिनियाँ खेल पर्यटक निम्त्याउँदै पोखरा

चिनियाँ खेल पर्यटक निम्त्याउँदै पोखरा

काठमाडौं : साहसिक खेलका लागि अन्तर्राष्ट्रिय पर्यटन बजारमा परिचित बन्दै गएको पोखरा अहिले खेलकै माध्यमबाट चिनियाँ पर्यटक आकर्षण गर्न लागिपरेको छ । चिनियाँ खेलाडीलाई लक्षित गरी पोखरामा हिमालयन माउन्टेन क्रस कन्ट्री च्यालेन्ज खेल आयोजना गरिन लागिएको छ । पोखरासँग भगिनी सम्बन्ध रहेको चीनको खुनमिङस्थित खुनमिङ माउन्टेरिङ एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा माउन्टेन क्रस कन्ट्री च्यालेन्ज प्रतियोगिता सञ्चालन हुँदैछ ।

४२ किलोमिटर दूरी दौड, साइक्लिङ र बोटिङ समावेश हुने यो प्रतियोगिता पोखराको फेवातालबाट सुरु भई पोखराका विभिन्न भागमा पुगी फेवाताल किनारमै पुगेर समापन हुनेछ । खुनमिङमा पर्यटक आकर्षण गर्न सञ्चालन गरिँदै आएको प्रतियोगिता पोखरा उद्योग वाणिज्य संघ र पश्चिमाञ्चल होटल संघ पोखराको सहआयोजनामा पर्यटकीय सहर पोखरामा हुन लागेको हो ।

हिमालयन माउन्टेन क्रस कन्ट्री खेलको माध्यमबाट पोखरामा चिनियाँ र विदेशी खेलाडीलाई भिœयाउने उद्देश्यले आयोजना हुन लागेको हो । प्रतियोगितामा एउटा समूहमा तीनजना सहभागी हुनेछन् । तीमध्ये एकजना महिला वा पुरुष अनिवार्य गरिएको छ । खुनमिङ माउन्टेरिङ एसोसिएनका विज्ञले पोखरामा आएर स्थलगत अध्ययनपछि प्रतियोगिता आयोजनाले पूर्णता पाउन लागेको पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेले बताए ।

‘रन फर लभ’ नारा राखिएको प्रतियोगितामा तीन सय खेलाडीको सहभागिता रहने जानकारी पनि पालिखेले दिए । प्रतियोगितामा चीनको खुनमिङ सहरबाट ४० जना खेलाडीको सहभागिता रहनेछ । यसैगरी खुनमिङ सहरसँग भगिनी सम्बन्ध रहेका विश्वका अन्य ४० देशबाट पनि खेलाडीको सहभागिता रहने आयोजकले जनाएको छ ।

‘पोखराको पर्यटन प्रवद्र्धन गर्न हामीले थालेको यो सानो प्रयास हो । पोखराको पर्यटन प्रवद्र्धनका लागि यो प्रतियोगिता कोशेढुंगा साबित हुनेछ । प्रतियोगिताबारे अन्तर्राष्ट्रिय सञ्चारमाध्यमबाट प्रवद्र्धनसमेत हुनेछ’, पालिखेले भने । प्रतियोगिता सञ्चालनका लागि हालै पोखरा उद्योग वाणिज्य संघ र खुनमिङ माउन्टेरिङ एसोसिएसनबीच समझौता पनि भएको छ । सम्झौतापछि खुनमिङ माउन्टेरिङ एसोसिएसनका अध्यक्ष झाङ सीले यो प्रतियोगिताले नेपाल र चीनबीचको सम्बन्ध अझ प्रगाढ बनाउने बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.