तनहुँमा बस र ट्रक ठोक्‍किँदा १९ घाइते, पाँचको अवस्था गम्भीर

तनहुँमा बस र ट्रक ठोक्‍किँदा १९ घाइते, पाँचको अवस्था गम्भीर

तनहुँ : बन्दीपुर- १ बेलभञ्ज्याङस्थित पृथ्वी राजमार्गमा भएको सवारी दुर्घटनामा परी १९ जना घाइते भएका छन्। रौतहटको चन्द्रौटादेखि पोखरातर्फ आउँदै गरेको ना ४ ख २९६३ नम्बरको ट्रक र पोखराबाट कटारी जाँदै गरेको ना  ५ ख ३८३० नम्बरको बस ठक्‍कर खाँदा ट्रक चालकसहित १९ घाइते भएका हुन्।

बिहान सवा ६ बजे भएको घटनामा परी गम्भीर घाइते हुनेहरुमा सुर्खेत भेरीगंगा ५ निवासी २५ वर्षीय टोपबहादुर ओली, २० वर्षीय दलबहादुर ओली, सर्लाही हरिवन- ९ निवासी २७ वर्षीय गणेश कार्की, कास्की रुपा-२ बस्ने ५१ वर्षीया दीर्घमाया थापा र कास्की पोखरा- ७ निवासी ३४ वर्षीया भविसरा राना छन्।

घाइतेमध्ये गम्भीर अवस्थाका पाँचजनाको पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचार भैरहेको छ।अन्य घाइतेहरु भने व्यास सीटी अस्पतालमा उपचारपश्चात घर फर्केको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.