रामचन्द्र पौडेल भन्छन् : रातोझण्डा ओढ्नेलाई जे गरे पनि छुट छ

रामचन्द्र पौडेल भन्छन् : रातोझण्डा ओढ्नेलाई जे गरे पनि छुट छ

दमौली: नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले दीपकराज जोशी प्रधानन्यायाधिश प्रकरणमा कारबाही गर्नुपर्ने भए न्याय परिषदका अध्यक्षलाई कारबाही गर्न सरकारलाई चुनौती दिएका छन् । 

नेपाली कांग्रेस तनहुँले दमौलीमा गरेको विरोध सभामा बोल्दै उनले प्रधानमन्त्री आफै अध्यक्ष भएको परिषदले जोशीको नाम सिफारिस गरेको भन्दै अहिले आएर प्रमाणपत्रको विवाद झिकिएको बताए । 
उनले न्यायपालिकामा हस्तक्षेप गर्ने नियतबाट अहिले संसदीय सुनुवाई समितिमार्फत विवाद झिक्नुमा षडयन्त्र लुकेको बताए । 

‘संवैधानिक परिषदबाट निर्णय हुँदासम्म विरोध आएन,’ उनले भने, ‘अहिले आएर कुरा उठाउनु प्रपञ्च हो ।’ उनले यदि जोशी प्रकरणमा कारबाही हुनुपर्ने भए प्रधानमन्त्री ओलीलाई नै कारबाही हुनुपर्ने बताए ।
रातो झण्डा ओढेपछि जे गरे पनि छुट

वरिष्ठ नेता पौडेलले अहिले देशमा अधिनायकवाद आएको महसुस भएको बताए । जेल धाउनुपर्ने ज्यानमारादेखि बलात्कार अभियुक्त, भ्रष्टाचारी आदि अपराध गरेकाले पनि सरकारनिकट भएकै कारण उन्मुक्ति पाएकोप्रति उनले कटाक्ष गरे । 

तत्कालिन नेकपा माओवादीले लुटेको जग्गालाई समेत बैधता दिन लागिएको भन्दै उनले विरोध गरे । ‘अपराधीहरु जेलमा हुनुपर्ने हो,’ उनले भने, ‘तर रातो झण्डा ओढ्नेलाई जे गरे पनि छुट छ ।’

तनहुँ सदरमुकाम दमौलीको राजनीतिक थलो अनशन चौतारीमा गरिएको कार्यक्रममा केन्द्रीय सदस्य शंकर भण्डारी र नेता ध्रुव वाग्लेलगायतले बोलेका थिए । गएको प्रदेश तथा संघीय चुनावमा सबै सिट हारेको कांग्रेसले मंगलबार भने आफ्नो शक्ति कमजोर नरहेको छनक दिन शक्ति प्रदर्शन गरेको थियो । 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.