विराटनगरको भारतीय क्याम्प अफिस बन्द

विराटनगरको भारतीय क्याम्प अफिस बन्द

विराटनगर : भारतीय दूतावासले विराटनगरमा सञ्चालन गरेको क्याम्प अफिस बन्द भएको छ। रोडशेष चोकनजिकै रहेको कार्यालयबाट हुने सबै काम मंगलबारदेखि पूर्ण रूपमा बन्द भएका छन्। ‘यहाँबाट गरिने सबै काम अब भारतीय दूतावासको काठमाडौंस्थित कार्यालयबाटै हुनेछ’, क्याम्प अफिसका एक कर्मचारीले भने, ‘हामीले मंगलबारबाट सबै काम बन्द गरेका छौं। हामी यहाँबाट सरेर जान मात्र बाँकी छ।’ यसबीच काठमाडौंस्थित भारतीय दूतावासले विज्ञप्ति जारी गर्दै बिराटनगरस्थित क्याम्प अफिस बन्द गरेको जनाएको छ।

अब घरधनीलाई भाडा बुझाउने, फर्निचर व्यवस्थापन गर्ने, कर्मचारीले आफ्ना सरसामान लिएर रमाना लिन मात्र बाँकी रहेको र अब बढीमा तीन साताभित्र क्याम्पका कर्मचारीले विराटनगर छाडिसक्ने उनले बताए। क्याम्प अफिस बन्द गर्ने घोषणा भएसँगै कतिपय भुक्तानीलगायत काम तीव्र गतिमा गरिएको थियो। प्रधानमन्त्री केपी ओलीको आग्रहमा जेठमा भारतले कार्यालय बन्द गर्ने घोषणा गरेको थियो। माथिल्लो निकायबाट क्याम्प अफिस बन्द गर्ने जानकारी आएसँगै तीव्र गतिमा फस्र्योट गर्नुपर्ने हिसाबकिताब, आर्थिक दायित्व मिलाउने र कतिपय पेन्डिङ काम पूरा गरिएको कर्मचारीले बताएका छन्।

२०६५ भदौमा कोसी बाँध भत्किएर सडकमार्ग अवरुद्ध हुँदा पूर्वबाट राजधानीलगायत देशका पश्चिमी भूभागमा आवागमन सहज बनाउन बिहार हुँदै यातायात सञ्चालन गर्नुपर्ने अवस्था उत्पन्न भएको थियो। पूर्वपश्चिम यातायात आवागमनका लागि रुट पर्मिट दिन भारतीय दूतावासले विराटनगरमा क्याम्प अफिस खोलेको थियो। त्यसलाई पछि कूटनीतिक सम्पर्क कार्यालय बनाइएको थियो। राजनीतिक दलले भने त्यस कार्यालयबाट राजनीतिक गतिविधिसमेत हुने गरेको भन्दै विरोध गरेका थिए। भारतले सम्पर्क सहजीकरण र आइपर्ने सीमावर्ती कागजी प्रक्रिया सहज बनाउन भन्दै कार्यालय स्तरोन्नति गर्ने चाहना व्यक्त गर्दै आएको थियो।

भारतीय विदेश मन्त्रालयले कार्यालय खोलेको उद्देश्य पूरा भएको जनाउँदै बन्द गर्ने निर्णय सार्वजनिक गरेको थियो। क्याम्पका कर्मचारीले भने, ‘हामीलाई कार्यालय हटाउनू भनेर औपचारिक पत्राचार भएपछि उठ्ने सबै काम चाँडोचाँडो ग¥यौं, त्यही पनि केही समय लाग्यो। पूर्ण रूपमा उठ्न अझै केही समय लाग्छ।’

१० वर्षसम्म पनि नहटेपछि राजनीतिक र जनस्तरबाट समेत कार्यालय हटाउन सरकारमाथि चर्को दबाब परेको थियो।

क्याम्प अफिस बन्दको घोषणासँगै भुक्तानीलगायत काम तीव्र गतिमा गरिएको थियो।

क्याम्पस अफिसले प्रदेश १ र २ का कतिपय जिल्लामा भारतीय सहयोग र लगानीमा सञ्चालित परियोजनाको अनुगमन निरीक्षण गर्ने, नेपाली विद्यार्थीलाई प्रदान गर्ने छात्रवृत्तिको निवेदन लिने, भारत जाने नेपाली गाडीलाई अनुमति दिने र भारतीय स्वतन्त्रता दिवसका सन्दर्भमा सञ्चारमाध्यमलाई विज्ञापनसमेत दिँदै आएको थियो।

दुई महिनाअघि मात्र कार्यालय परिसरमा बम विस्फोट भएको थियो। त्यसअघि पनि कार्यालय अगाडिको सडकमा बम पड्काइएको थियो। मोरङ व्यापार संघका अध्यक्ष तथा पूर्वसांसद पवनकुमार सारडाले कार्यालय हट्नु व्यवसायीहरूका लागि दुर्भाग्य भएको बताए। ‘महावाणिज्यदूतको कार्यालयमा रूपान्तरण गरेको भए काठमाडांै गएर गर्नुपर्ने झन्झट हुने थिएन’, उनले भने, ‘दूतावासबाट हुने अरू काम र व्यापार प्रवद्र्धनसमेत सहज हुने थियो।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.