बर्सेनि खेलमैदानको चिन्ता

बर्सेनि खेलमैदानको चिन्ता

ताप्लेजुङ : जब साउन महिना लाग्छ, लाखेजात्रा खेल सञ्चालन समितिलाई खेलमैदानको चिन्ताले सताउन थाल्छ । भानु माध्यमिक विद्यालयको खेलमैदानलाई सम्याएर जसोतसो लाखेजात्राको अवसरमा पाथीभरा गोल्डकप प्रतियोगिता सञ्चालन गरिँदै आएको छ । आयोजकले मैदानको लेभल नमिलेको, हिलाम्मे भएको भन्ने खेलाडी र दर्शकको गुनासो बर्सेनि खेप्नु परिरहेको छ ।

विक्रम संवत् २०२६ सालदेखि निरन्तर सञ्चालनमा रहेको यस प्रतियोगितामा पछिल्ला वर्ष ‘ए’ डिभिजन क्लबका खेलाडीले खेल्ने गरेका छन् । हजारौंको संख्यामा उपस्थित दर्शकदेखि उनीहरू प्रत्येक वर्ष ताप्लेजुङमा खेल्न लालायित हुन्छन् । विदेशी र ‘ए’ डिभिजन खेल्ने आठदेखि १० जनासम्म खेलाडी प्रत्येक वर्ष मैदानमा देखिन्छन् ।

दर्शकको उपस्थितिले हौसला दिए पनि मैदानले निराश बनाउने झापा–११ का खेलाडी कर्ण लिम्बू बताउँछन् । भदौमा हुने प्रतियोगिताको यस वर्ष तयारी थालिएको छ । पाँच दिनदेखि आयोजकले आफ्नै खर्च लगाएर मैदान सम्याई लेबल मिलाउने काम गरिरहेका छन् । यस वर्ष भने मैदानका विषयमा विगतको जस्तो गुनासो नआउने गरी लागिपरेको पाथीभरा गोल्डकपका आयोजक मोती पतङ्वाले बताए ।

‘राम्रा खेलाडीको गुनासो खेलमैदानमै छ । मैदानकै कारण आफ्नो खेल देखाउन नपाएको गुनासो प्रत्येक खेलाडीको छ’, पतङ्वाले भने, ‘यसपालि त्यसलाई सम्बोधन गर्न अहिल्यैदेखि प्रयास गरिरहेका छौं ।’ तर आफूहरूसँग बजेट कम भएकाले पूरै सम्याउन नसकिने उनले बताए । अहिले पनि मैदान ९५ सेन्टिमिटर भिरालो रहेको उनको भनाइ छ ।

‘भर्खर लेबल मेसिनले मैदानको परीक्षण गर्दा मैदानको पश्चिमतर्फको भाग अझै भिरालो देखियो’, उनले भने, ‘अहिले त्यसलाई मिलाइरहेका छौं ।’ मैदानको लम्बाइ र चौडाइ पनि मापदण्ड अनुसारको छैन । लम्बाइ एक सय पाँच र चौडाइ ५५ मिटर भएकाले खेलका लागि पर्याप्त रहेको एन्फाका राष्ट्रिय रेफ्री मोतीहाङ लिम्बू बताउँछन् । गत वर्ष सम्पन्न तीनवटै तहको निर्वाचनमा उम्मेदवारहरूले प्रत्येक गाउँमा अन्तर्राष्ट्रिय स्तरको खेलमैदान बनाउने नारा लगाएका थिए । तर, चुनाव जितेपछि त्यो नारा बिर्सिएको खेलकर्मीको गुनासो छ ।

सदरमुकामसमेत रहेको फुङ्लिङ नगरपालिकाले पनि यस वर्षको नीति तथा कार्यक्रममा खेलमैदानलाई समेटेको छैन । यद्यपि नगरका केही वडा र केही स्थानीय तहले भने खेलमैदानको योजना बनाएका छन् । भानु माविको मैदानमा लाखेजात्राको अवसरमा हुने पाथीभरा गोल्डकप प्रतियोगिता भदौ दोस्रो हप्तामा गर्ने तयारी आयोजकको छ । यस वर्ष पुरस्कार राशिसमेत बढाइने समितिका पूर्वकोषाध्यक्ष तथा फुङ्लिङ नगरपालिका–४ का वडाध्यक्ष जितेन लिम्बूले बताए । प्रतियोगिताको पहिलो पुरस्कार राशि दुई लाख ५० हजार रुपैयाँबाट बढाएर तीन लाख रुपैयाँसम्म पु¥याउने गरी छलफल भइरहेको छ । प्रतियोगितामा पूर्वका विभिन्न जिल्लासहित काठमाडौं उपत्यका र भारतका क्लबले सहभागिता जनाउनेछन् ।

 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.