झापामा ‘हात्ती कोरिडर’ !

झापामा ‘हात्ती कोरिडर’ !

चन्द्रकला भण्डारी/रासस

झापा : मानव–हात्ती द्वन्द्व न्यून गर्न झापामा सरकारी लगानीमा ‘हात्ती कोरिडर’ परियोजना थालिएको छ। झापाको दक्षिणी गाउँपालिका कचनकबलदेखि उत्तरी बाहुनडाँगीसम्म एक सय ५२ किलोमिटर जंगल तथा खोलाको भू–भागलाई समेटेर कोरिडर निर्माण गरिने भएको हो।
 

झापाको कचनकबल, बाह्रदशी, हल्दिवारी, भद्रपुर, झापा, विर्तामोड, अर्जुनधारा, बुद्धशान्ति र मेचीनगरलाई हात्ती कोरिडरमा समेटिने भएको छ। हात्ती कोरिडर बनेपछि जंगली हात्तीले मानव बस्तीमा पसेर पहिलेजस्तो जनधनको क्षति नपु¥याउने आशा गरिएको छ। यसबाट त्यस भेगको जैविक विविधताको संरक्षणसमेत हुनेछ। 

हात्ती कोरिडर निर्माणका लागि आर्थिक वर्ष २०७५÷७६ मा संघीय सरकारले ६ करोड बजेट विनियोजन गरेको छ। आव २०७४÷७५ मा यही परियोजनाका लागि सरकारले निकासा गरेको २ करोड बजेट भने खर्च हुन नसकेर फ्रिज भएको थियो। सरकारले हात्ती नियन्त्रणका लागि बजेट र लाभान्वित क्षेत्रका दृष्टिले अहिलेसम्म सञ्चालन गरेको सबैभन्दा ठूलो परियोजना नै ‘हात्ती कोरिडर’ हो।
 
यसअघि झापामा हात्तीबाट हुने क्षति रोक्न बाहुनडाँगीमा सौर्य घेराबेरा, सुरुङ बार, टुङ निर्माण लगायतका परियोजना सञ्चालन भइसकेका छन्। जिल्ला वन कार्यालय झापाका प्रमुख वन अधिकृत बोधराज सुवेदीका अनुसार, २०६८ सालयता जंगली हात्तीको आक्रमणमा झापामा ३५ जनाले ज्यान गुमाइसकेका छन् भने आक्रमणकारी नौवटा हात्ती मारिएका छन्। 

तीन दशकअघि उत्तरी झापाको सीमावर्ती बाहुनडाँगीमा सुरु भएको हात्ती आतंक अहिले पूरै झापाभर फैलिएको छ। भारतको पश्चिम बंगालस्थित सुकुना नेशनल पार्क र भारत आसामको कोक्राझारबाट हरेक वर्ष एक सयभन्दा बढी जंगली हात्तीको बथान बाहुनडाँगीबाट नेपाल पस्ने गरेका छन्। 

झापाकै स्थानीय जंगलमा समेत १३ वटा रैथाने हात्ती बस्दै आएको जिल्ला वन कार्यालयले अनुमान गरेको छ। दिनभर जंगलमा बस्ने र रात परेपछि वस्तीतिर पसेर हात्तीले जनधनको क्षति पु¥याउने गरेका छन्। 

सबैभन्दा बढी क्षति पु¥याउँदै आएको बाहुनडाँगीमा सौर्य तारबार गरिएका कारण केही वर्षयता त्यतातिर हात्ती प्रवेश गर्न सकेका छैनन्। दक्षिण झापाको कचनकबल, बाह्रदशी र भद्रपुरमा रैथाने हात्तीको उपद्रो बढेको स्थानीयको भनाइ छ। 

सरकारले मानव हात्ती द्वन्द्व न्यूनीकरणका लागि ल्याएको कोरिडरको अवधारणाअन्तर्गत सर्भे कार्य पूरा भइसकेको छ। घेराबेराका लागि आगामी एक महिनाभित्र बोलपत्र आह्वान भइसक्ने राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्यसचिव गोविन्द गजुरेलले जानकारी दिए। आगामी एक महिनाभित्र बोलपत्रको काम पनि सकिएपछि चालु आर्थिक वर्षभित्रै ६ करोडको काम हुने उनको भनाइ छ। 

‘हामीले बनाउन लागेको कोरिडर भनेको हात्तीले प्राकृतिक रुपमा हिँड्दै आएको बाटोको संरक्षण हो’, राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्यसचिव गजुरेलले कोरिडरबारे भने, ‘उसले हिँड्ने मार्गमा अवरोध आयो भने बढी क्षति गर्छ भन्ने मान्यताका आधारमा कोरिडर बनाउन लागिएको हो।’
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.